d

 निखिलेश्वरमा धुमधामका साथ मनाईयो तीज

Views:
Responsive Image Gallery
Responsive Image Gallery

उर्लाबारी: हरितालिका तीजको व्रत बसेका वर्तालुले काटेश्वरस्थित निखिलेश्वर शिवालय मन्दिरमा तिज धुमधामका साथ मनाएका छन्। विशेषगरी महिला वर्तालु सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर शिवालयमा पूजा आराधनाका लागि पुगेका छन्।

यस क्षेत्रकै प्रसिद्ध निखिलेश्वर मन्दिरमा बिहानैदेखि भक्तजन लाइन लागेर मन्दिरमा पूजाआजा गरे। तीजको अवसरमा महिलाहरु छमछमी नाँचेर खुशी साटासाट गरेका थिए । मन्दिरका अध्यक्ष हंशराज वाग्लेले तिजको शुभकामना व्यक्त गर्दै कोरोना पर्वले आपशी सद्भाव र एकता बढाउने विश्वास गरे । उनले कोरोना कहर हटेर जाओस भनेर कामना समेत व्यक्त गरे । कार्यक्रममा समाजसेवी सुन्दर श्रेष्ठ लगायतको विशेष उपस्थिती रहेको थियो ।

Views: