d

भक्तजनको लागी खुल्ला गरियो पशुपति मन्दिर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

करिब चार महिनापछि पशुपतिनाथ मन्दिर भक्तजन तथा दर्शनार्थीका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गर्नुपरेकामा माफी माग्दै क्षमा पूजा गरेर मन्दिर खुला गरिएको हो ।


तत्काललाई मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला हुने छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने हुन्छ । मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाइनमा बस्नुपर्नेहुन्छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । २०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

Views: