d

विनोद चौधरी उपसभापतिमा उठ्ने तयारीमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा नेपालका नेताहरुले आफ्नो आफ्नो उम्मेद्धवारी घँषणा गरिरहेका छन् । यसैबीच उद्योगपति विनोद चौधरीले पनि यसपटक पदाधिकारीमा आउने तयारी गरेका छन् । उनले उपसभापतिमा उम्मेद्धवारी दिने तयारी थालेका छन् ।
देशभरिका जिल्ला सभापतिहरुको माग बमोजिम उनी उपसभापतिमा उठ्ने तयारीमा रहेका हुन् । तर उनी कुनै गुटमा भने नलाग्ने भएका छन् । बरु, कुनै गुटमा नलागेकाहरुको साझा समूह बनाउने तयारीमा लागेका छन् ।

चौधरी कांग्रेसमा साझा व्यक्तिको रुपमा परिचित छन् । उनलाई उपसभापतिमा ल्याउनको लागि सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलापनि सकारात्मक छन् । पछिल्लो समय कांग्रेसमा विनोद चौधरीले नीति निर्माणको तहमा रहेर काम गर्दै आएका छन् । 

Views: