d

अंशबण्डाको नमिल्दा भाइले गरे आफ्नै दाइको हत्या

Views:
Responsive Image Gallery
Responsive Image Gallery

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्कका ६८ बर्षीय मित्र बहादुर तामाङको धारिलो हरियार र दाऊ प्रहार गरि हत्या गरिएको छ । हत्यामा संलग्न उनकै भाई ६७ बर्षीय शेर बहादुर तामाङ र शेर बहादुरका छोरा ३६ बर्षीय बिर बहादुर तामाङ रहेका छन्।

आज दिउँसो करिब  १२ बजेतिर हत्या भएको जानकारी प्राप्त भएपश्चात ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको प्रहरी टोलीले खुकुरीसहित हत्यामा संलग्न दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय आखलढुङ्गाले जनाएको छ । उनीहरुले अंशबण्डाको बिषयमा विवाद हुदाँ खुकुरी र दाउले मित्र बहादुरको टाउकोमा प्रहार गरेका थिए । मित्र बहादुरको घटनास्थलमानै मृत्यु भएको थियो । घटनामा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट समेत प्रहरी टोली घटनास्थल गएको छ । 

Views: