d

मिडिया नेपाल केन्द्रिय तहमा हेरफेर, महासचिबमा ढुंगाना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठ्माण्डौ: राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पत्रकारहरुको संगठन मिडिया नेपालको केन्द्रिय तहमा फेरबदल गरिएको छ।  मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौड्यालले थप गरिएको नामावली सार्जनिक गर्दै उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, प्रदेश प्रमुख लगायत ४ जना केन्द्रिय सदस्य मनोनित गरिएको जानकारी गराउनु भएको हो।  

मिडिया नेपाल विधानको परिच्छेद ५ दफा १९ (संसोधित) अनुसार केन्द्रीय पदाधिकारी तथा सदस्यहरु मनोनित गरिएको बताइएको छ।  

संगठनको नयाँ महासचिवमा मुकुन्द ढुंगाना रहेका छन्  भने कोषाध्यक्षको जिम्मेवारी सोलुखुम्बुका राजेन्द्र बस्नेतलाई प्रदान गरिएको छ। 
 
यसै गरी उपाध्यक्षको जिम्मेवारी सुर्य वाँस्तोला (कास्की), हेमबाबु लेखक (कन्चनपुर), श्रीधर सुबेदी (वाँके)  विकल श्रेष्ठ (भक्तपुर), अंगत देवकोटा (जुम्ला) लाई प्रदान गरिएको छ।  

 मनोनित हुने नयाँ सदस्यहरुमा झापाबाट सान नेपाल, कैलालीबाट पुरु दाहाल, मकवानपुरबाट जीवराज बख्रेल र कन्चनपुरबाट ध्रुब अवस्थी रहेका छन्।  

 त्यस्तै प्रदेश १ प्रमुखमा  विजय राउत (सुनसरी), बागमती प्रदेश प्रमुखमा विजय नेपाल (सिन्धुपाल्चोक), लुम्बिनी प्रदेश प्रमुख तेज ओली (दाङ्ग), सुदुर पश्चिम प्रदेश प्रमुख बिमल जैरु (डडेल्धुरा), लाई जिम्मेवारी प्रदान गरिएको छ।   

मिडिया नेपालले गत साल फागुनमा सम्पन्न बुटवल भेला द्वारा संस्थापक अध्यक्ष गोपाल पौड्याललाई नयाँ कार्यकालको लागि पुन: अध्यक्षमा सर्वसम्मत निर्वाचित गरिएको थियो।  

स्थापनाकाल देखिनै पत्रकारको हकहित लगायत राजनीतिक घटनाक्रमहरु संग प्रत्यक्ष सरोकार राख्दै आएको यस सङ्गठनले प्राय सबै जिल्लामा कार्यसमिति विस्तार गरिसकेको बताइएको छ।     
 

Views: