d

सङ्खुवासभा हत्याकाण्डका आरोपी पक्राउ, हत्या आफन्तबाटै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

संखुवासभाको उमलिङमा एकै परिवारका छजनाको हत्या भएको घटनाको रहस्य खुलेको छ । प्रहरीले आरोपीलाई पक्राउ गरेको छ ।

व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जानकारी दिएको छ । हत्याका अभियुक्त पीडित परिवारका आफन्त नै रहेको खुलेको छ । अभियुक्तले हत्या स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ ।

हत्यामा कति जना संलग्न थिए भन्नेबारे प्रहरीले पछि जानकारी दिने बताएको छ । योजनावद्ध तरिकाले हत्या भएको खुलेको हो ।

२० भाद्रमा संखुवासभाको उमालिङका एकै परिवारका ६ जनाको हत्या गरी शव खोल्सा, बाटो र मकैंबारीमा घोप्टिएको अवस्थामा फेला परेको थियो । घरका ९० वर्षीय वृद्ध बौद्धमान कार्की मात्र जिवित भेटिएका थिए । घटनामा मृतकहरुको खुट्टामा गम्बुट जुत्ता देखि स्याण्डल सम्म भेटिएको थियो ।

धारिलो हतियार नभई मुंग्रो या घनजस्तो वस्तुले टाउकोमा प्रहार गरेको भेटिएको थियो घरमूली बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की, ५२ वर्षका छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति वर्ष १० का विपिन कार्की र पनातिनी वर्ष ७ की गोमा कार्की मृत फेला परेका थिए ।

पार्वतीको शव घरमा नै फेला परेको थियो । तेजबहादुरको शव रोडको भित्तामा, कमला र रञ्जनाको शव खोलामा भेटिएको थियो । विपिन र गोमाको शव एक किलोमिटर टाढा बारीमा मृत फेला परेको थियो ।

कार्की परिवारले झापामा जग्गा किन्न बैना हालेको र त्यसको सुईंको पाएर लुट्ने उद्देश्यले हत्या गरिएको आशंका समेत गरिएको थियो । कार्की परिवारका दुई सदस्य वैदेशिक रोजगारीमा गएका छन् ।

नातिहरु दुईजना विदेशमा गएको र त्यो पैसाले तराई झर्न जग्गा खरिद गर्न लागेका थिए । एकजना नातिको परिवार तराईमा बस्दै आएका थिए । अर्का नातिको परिवार बौद्धमान र छोराबुहारीसँगै संखुवासभामै थिए । रासस

Views: