d

इलामका जिसस सदस्य चन्द्र मगरको कोरोनाको कारण निधन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको शनिबार बिहान कोरोना भाइरसको कारण उपचारका क्रममा मृत्यु भएको छ ।
उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना भएका मगरको आज बिहान ४ः०० करिब बजेतिर मृत्यु भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए ।
एक साताअघि कोरोना भाइरसको लक्षण देखापरेपछि उनलाई मेची अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा एन्टिजेन परीक्षण गर्दा उहाँमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थिएन । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । बिएन्डसीमा भर्ना गरिएपछि पिसीआर परीक्षण गर्दा उनमा कोरोना भाइरस पुष्टि भएको थियो ।

इलामको रोङ गाउँपालिका–५ इरौटारको बहुवन निवासी उनी नेकपा एमाले इलामको सचिवालय सदस्य थिए । 

Views: