d

दशैंको मुखमा खुल्न लागेको 'गार्डेनमार्ट' मा अफरै अफर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सान नेपाल 

दमक: पुर्वको प्रतिष्ठित सहर दमकमा अत्याधुनिक र सुबिधा सम्पन्न डिपार्मेण्ट स्टोर 'गार्डेन मार्ट'  संचालनमा आउने भएको छ। तुलसी बहुमुखी सहकारी संस्थाले संचालनमा ल्याउन लागेको डिपार्टमेन्ट स्टोर हिन्दुहरुको महान चाड वडादशैंको अवसर पारेर उद्घाटन गरिन लागेको हो।  

 दमक ९ स्थित नाइट बस स्टेण्डमा आफ्नै ४ तले भवनमा  'गार्डेनमार्ट' डिपार्टमेन्ट स्टोर संचालनमा ल्याइने संस्थाले जनाएको छ।   

 

No description available.

 

बिराटनगर महानगरपालिका वडा न. २ मा प्रधान कार्यालय रहेको  तुलसी बहुमुखी सहकारी संस्था लि. ले स्थापना भएको केहि वर्षमानै  वित्तिय र व्यावसायिक क्षेत्रमा बलियो उपस्थिती जनाउदै आएको छ ।   शिखर अर्गनाइजेसनसंग आवद्द यस सहकारीले वित्तिय एवम् व्यापारिक क्षेत्रमा पहिचान बनाउन सफल भएको छ ।  

मुलुकका हरेक सहरहरुमा सेवा विस्तार गरेको यस सहकारीको मुख्य उद्देश्य छरिएर रहेको पुँजीलाई एक ढिक्का बनाई व्यापारिक एवम् औद्योगिक क्षेत्रमा लगानी गरी रोजगारीको सृजना गर्ने र देशमै रहेको विभिन्न किसिमका कृषि सम्बन्धी सम्भावनालाई पहिचान गरी बजार सम्म पुर्याउने किसिमका उद्योगहरु स्थापना गरिएको संस्था संचालकहरुको भनाई रहेको छ। 

 

No description available.

 

 

 हाल सम्म यस संस्थाले पानी तान्ने मोटर, तुलसी राईस प्लान्ट, शिखर दाल प्लान्ट जस्ता उद्योगहरु संचालनमा ल्याएको छ भने आगामी योजनामा चिउरा प्लान्ट (विकेट) दाना उद्योग स्थापना गर्ने लक्ष लिएको बताइएको छ।  

तुलसी बहुमुखी सहकारी संस्था लि. द्वारा दमकमा संचालनमा ल्याइन लागिएको 'गार्डेन मार्ट' मा उपभोक्ताको माग र रोजाइ अनुसारका सामान उपलब्ध हुने मार्टका व्यवस्थापक सुशील पोख्रेल बताउछन्।  

 

No description available.

 

'हामी ग्राहकको रोजाइ अनुसारका दैनिक उपभोग्य वस्तुहरु सुपथ मूल्यमा विक्री गर्ने योजनामा छौं।', पर्दाफास प्रतिनिधि संग कुराकानी गर्दै पोख्रेलले भने।  

स्टोरमा खाद्यान्न, पेयपदार्थ, ब्युटी प्रोडक्ट्स, बालबालिकालागि खेलौना, विभिन्न ब्रान्डका तैयारी पोशाक, लगायत १५ हजार प्रकारका  सामग्रीहरु रहने पोख्रेलले बताएका छन्।  

'उपभोक्ताले अन्य बजारमा पाइने भन्दा सस्तो मूल्यमा सबै प्रकारका सामाग्री पाउने कुरामा हामी निश्चिन्त छौं।' - पोख्रेलको दावी छ। 

हाल यस संस्थाले ल्याएको उपकार ब्राण्डका खाद्यान्न सामाग्रीले मुलुकभरका बजारमा लोकप्रियता पाउन थालेको पाइन्छ।  

मुलुकभरका १०  प्रतिष्ठित सहरमा बजार विस्तार गर्दै आएको यस संस्थाले पश्चिमी पहाडी जिल्ला डडेल्धुरामा समेत डिपार्टमेन्ट स्टोर संचलानमा ल्याई नमुना सहकारीको रुपमा पहिचान बनाएको छ।  

 

No description available.

 

दमकमा डिपार्टमेन्ट स्टोर सन्चालनमा आए लगत्तै पुर्वको सुन्दर नगरी इलाममा डिपार्टमेन्ट स्टोर सचालन गरिने उदेश्य राखेको यस संस्थाले नमुना सहरको रुपमा विकशित विर्तामोडमा समेत अन्तराष्ट्रिय स्तरको शोपिंग कम्प्लेक्स संचालनमा ल्याइने गुरु योजना अगाडी बढाइएको बताइन्छ।  

 

No description available.

 

 

Views: