d

महारानीझाेडा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह/झापाको महारानीझाेडा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा १० कराेड ९६ लाख १ हजार १ सय ९२ बराबरको काराेबार गरेकाे छ। 

संस्थाकाे २२ औं साधारणसभाकाे अवसरमा संस्थाका अध्यक्ष मित्र देब काफ्लेले संस्थाले गरेकाे काराेबारका बारेमा सेयर सदस्यहरुलाई जानकारी गराउदै संस्थाकाे कुल सेयर पुँजी १ कराेड २९ लाख ९३ हजार १ सय रहेकाे र संस्थाले यश आर्थिक बर्षमा ३४ लाख ६ हजार ३ सय ४७ रुपैयाँ खुद नाफा गरेकाे प्रतिबेदन सार्वजनिक गरेका थिए।

 

No description available.

 

 काेराेना भाइरस संक्रमणका कारण कार्यक्रमलाई छिटाे छरिताे बनाउन अध्यक्ष काफ्लेले संस्थाकाे प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिबेदन छाेटकरिमा प्रस्तुत गरेका थिए। भाइरसका कारण भिडभाडका साथ साधारणसभा गर्न नसकिने अवस्था सृजना भएकाले शनिबार सुरु गरिएकाे साधारणसभा २९ गते सम्म रहने अध्यक्ष काफ्लेले जानकारी गराए।

 १ हजार २ सय ७६ जना सेयर सदस्य रहेकाे संस्थामा सबै जना एकैसाथ जम्मा हुँदा भिडभाड हुने भएकाले साधारणसभाकाे समय ४ दिन राखिएकाे अध्यक्ष काफ्लेले बताए।

 

No description available.

 

संस्थाकाे आफ्नै हलमा संचालन गरिएकाे साधारणसभामा वडा नं -५ का वडाध्यक्ष तथा साधारणसभाका प्रमुख अतिथि छत्रपती सुबेदीले कार्यक्रमकाे उद्घाटन गरेका थिए। 

साधारणसभाकाे समापनकाे अवसरमा असाेज ५ गते पुरस्कार तथा सम्मानकाे कार्यक्रम राखिएकाे संस्थाका काेषाध्यक्ष युवराज बाँस्कोटाले जानकारी गराए। 

 

No description available.

 

साधारणसभाकाे उद्घाटनकाे अवसरमा संस्थाका संस्थापक अध्यक्ष रमेस खरेल, संस्थाका संस्थापक उपाध्यक्ष कपिलमणी काफ्ले लगायतले शुभकामना मन्तब्य राखेका थिए।

 

No description available.

 

 संस्थाका उपाध्यक्ष जगनाथ खनालले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सचिब बेदु भण्डारीले कार्यक्रम संचालन गरेका थिए।

 

No description available.

 

No description available.

Views: