d

ओलीले एमालेलाई प्राइभेट कम्पनी जस्तो बनाइसके - माधव नेपाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) पार्टी केपी ओलीको प्राइभेट कम्पनीमा परिणत भइसकेको ठोकुवा गरेका छन्।

केपी ओलीले क्रान्तिकारी ज्वाला निभाईसकेको अध्यक्ष नेपालको जिकिर छ। पार्टी निकट युवा संघ नेपालको लुम्बिनी प्रदेश स्तरीय भेलालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै नेपालले ओलीको प्राइभेट कम्पनीमा कम्युनिस्ट पार्टीका लागि हुनुपर्ने कुनैपनि गुण नभएको बताए।  

केपीले कम्युनिस्टको सिद्धान्त परित्याग गरिसकेको अध्यक्ष नेपालको आरोप छ। 'केपीके कम्युनिस्टको सिद्धान्त, मार्क्सवादको सिद्धान्त सबै त्यागिसकेका छन,' उनले भने, 'त्यहाँ ब्यक्तिवाद छ, त्यहाँ गुट छ।' 

ओलीले मनपरी गरेर पार्टीलाई विभाजनको स्थितिमा पुर्‍याएको नेपालले बताए।नागरिक 

Views: