d

प्रहरीसमक्ष आरोपीको बयान, त्यतिबेला देख्ने सबैलाई मार्थे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भदौ २१ गते बिहान सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको बीभत्स हत्या गर्ने आरोपीले उक्त दिन घटना देख्ने सबैलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन् । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार आरोपीले घटना देख्ने सबैलाई मार्ने योजना बनाएको कुरा प्रहरीसमक्ष बताएका हुन् । शुक्रबार रातीदेखि सूक्ष्म अनुसन्धान गर्दै सोधपुछ गरेपछि शनिवार बिहान आरोपीले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै आफ्नो टार्गेटमा तेजबहादुर मात्रै रहेको बताएका हुन् ।

भदौ २१ गते बिहानै सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको बीभत्स हत्या भएको समाचार एकाएक बाहिरियो । मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाती दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

हत्याको भोलिपल्ट मात्रै अनुसन्धान अधिकारीहरू पुगेपछि शव उठाइएको थियो । अनुसन्धानका लागि आवश्यक प्रमाणहरू जुटाएपछि शव परीक्षणका लागि धरान पठाइएको थियो भने प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गर्दै खोजी गरेको थियो ।

सुरुमा ६ जनाको हत्या हुँदा घटना लुटपाट वा लेनदेनको उद्देश्यबाट भएको हुनसक्ने भन्दै अनुसन्धान त्यही तर्फ मोडिएको थियो । तर घटनापछि घरको खानतलासी गर्ने क्रममा लुटपाट भएको भेटिएन भने तेजबहादुरसँग लेनदेन रहेका व्यक्तिहरूको खोजी गरियो । तर, लेनदेनमा संलग्न व्यक्ति पनि घटनामा संलग्न हुने सम्भावना ज्यादै कम देखिएपछि प्रहरीले घटना रिसिइबी वा तत्कालीन आवेगमा केन्द्रित रहेको भन्दै त्यसैतर्फ अनुसन्धान केन्द्रित गयो । र, अन्ततः भदौ २६ गते शनिवार बिहानै अभियुक्त लोकबहादुर कार्कीले अपराध अपराध कबुल गरेका थिए ।

Views: