d

समाजवादी रोजेका एमालेका दुई सांसदलाई कारबाही नगर्न सर्बोच्चको आदेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टीमा जान चाहेका दुई सांसदहरू माथि कुनै कारबाही नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। प्रतिनिधिसभाका एमाले सांसद सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी भट्टको रिटमा सर्वोच्‍चले अल्पकालीन अन्तरिम आदेश दिएको हो। सांसद पाण्डे र भट्टले आफूहरु एकीकृत समाजवादीम्मा जान चाहेको तर निर्वाचन आयोगले सनाखत गर्न नमानेको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।


न्यायाधीश मीरा खड्काको एकल इजलासले दुवै पक्षसँग छलफल आवश्यक भएकाले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।दुवै पक्षको उपस्थितिमा छलफल हुन उपयुक्त देखिएकोले भदौ २९ गते अन्तरिम आदेशको लागि पेसी तोकी सो दिन उपस्थित हुन विपक्षीहरूलाई सूचना दिनु निर्देशन दिएको छ। अदालतको विचाराधीन मुद्दामा एमालेबाट हुनसक्ने कारबाही नगर्न समेत आदेश दिएको छ। तस्बिर:- रासस 

Views: