d

एमसीसीको विरोध गर्नेहरु पाकेको भात घोप्ट्याउने पटमुर्ख हुन् - भट्टराई 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अमेरिका र  भारतलाई साम्राज्यबादी देश भन्दै गाली गलौज गर्दै जनयुद्द घोषणा गरेका हाल  जसपाका संघीय परिषद अध्यक्ष एवम पुर्वप्रधानमन्त्री वावुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरुलाई मुर्खको संज्ञा दिएका छन् । एमसीसी भनेको पाकेको भात भएको र यसको अर्थ नै नबुझी भात घोप्त्याउनेहरु पट मुर्ख भएको भन्दै उनले एमसीसीको विरोध गर्नेहरु पटमुर्खहरु भन्दै चर्को आलोचना गरेका हुन्।  

एमसीसी प्रकरणमा विरोध गर्नेहरुलाई देख्दा आफुलाई ‘पढेका मुर्ख’ को कथा याद आयो भन्दै उनले ब्यंग्यात्मक रुपमा आलोचना गरेका छन् । अज्ञानता, तर्क र कुवुद्धिका कारण अन्त्यमा भोकै वस्नु परेको अवस्थालाई उदाहरणका रुपमा प्रस्तुत गर्दै भट्टराईले एमसीसीको पक्षमा जोडदार तर्क प्रस्तुत गरेका छन् ।

 

No description available.

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्–‘एमसीसीबारे कुरा सुन्दा ‘पढेका मूर्ख’कथा याद आयो– ज्ञानीहरूको टोली खाना पकाउन तम्सेछ। ज्योतिषशास्त्रीले धेरै जोखाना हेरेर चुलो बसाउने उपयुक्त ठाउँ एउटा दलदल छानेछ। चिकित्साशास्त्रीले तरकारी निम्ति निमको पात छानेछ। तर्कशास्त्रीले छड्कदै गरेको भातको अर्थ नलागेर घोप्ट्याइ दिएछ। अनि भोकै सुतेछन!’

बिहिबार बेलुका एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँगको भेटवार्तापछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन । 

Views: