d

अहंकारीहरु कम्युनिस्ट हुन सक्दैनन् - नेपाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीभित्र अहंकारवादविरुद्ध लडनुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै नेपालको कम्युनिष्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढने प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यसविरुद्ध लडनुपर्ने आवश्यक्ता औंल्याएका हुन् ।

‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आईतबार काठमाडौंमा बिमोचन गर्दै उनले नेपालको कम्युनिष्ट पार्टी भित्र आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैर कम्युनिष्ट प्रवृत्ति मौलाउँदै आएको उल्लेख गर्दै त्यस्ता प्रवित्तिहरुलाई निस्तेज पारेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे । उनले भने , ‘आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैर कम्युनिष्ट प्रवृत्ति पनि हामी हेरिरहेका छौं । अनि सत्तामा पुगेपछि अहंकार घोडा चढने प्रवृति पनि देखिरहेका छौं । र कम्युनिष्ट पार्टी भित्रैबाट यस्ता खालका गैर सर्वहारा बर्गीय चिन्तन देखिने गरेको छ । यस्ता सबै खालका गैर सर्वहारा बर्गीय चिन्तनलाई परास्त गरी जनताको मन जित्ने गरी सबै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले काम गर्न पर्दछ ।’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरुले ‘चुनावदेखि चुनावसम्म’ नभई ‘जनतादेखि जनतासम्म’को अभियान संचालन गर्नुपर्ने पनि बताए । उनले भने नेपालको कम्युनिष्ट पार्टी नै सबैभन्दा लोकतान्त्रिक पार्टी भएको दावी गर्दै ती कम्युनिष्ट पार्टीहरुले मात्रै बास्तविक रुपमा देशलाई एकतावद्ध बनाउने र मुलुकको राष्ट्रियताको रक्षा गर्ने तर्क पनि गरे ।

Views: