d

भोलि ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको संस्थापक समूहको सेयर बिक्रीमा, कुनको कति कित्ता ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भोलीबाट विभिन्न २ वटा कम्पनीको संस्थापक समूहको सेयर बिक्रीमा आउने भएको छ । 

ज्योति विकास बैंक लिमिटेडको २९ हजार २ सय ५० कित्ता र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ हजार ३६ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गरिने भएको हो ।

जसमध्ये, ज्योति विकास बैंकको न्यूनतम मूल्य १४५ रूपैयाँ र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको न्यूनतम मूल्य ३ सय ५० रूपैयाँ तोकिएको छ ।

लगानीकर्ताले दुवै कम्पनीको सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीहरुको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

Views: