d

बेन्जामाको ह्याट्रिकमा रियल म्याड्रिड जित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

करिम बेन्जामाको ह्याट्रिकमा( तीन गोल) रियल म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई ५-२ को भारी अन्तरालले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोमाथि पुनरागमन जितपछि रियल शीर्ष स्थानमा उक्लेको छ । खेलमा दुई पटक पछि परेको रियलले शानदानर पूनरागमन जित निकालेको हो ।

खेलमा चौथो मिनेटमै सान्टि मिनाले गोल गर्दै सेल्टाभिगोलाई अग्रता दिलाए । त्यसपछि रियलले २४औं मिनेटमा बराबरी गोल फर्कायो । बेन्जेमाले फेडेरिको भलभर्डेको पासमा बराबरी गोल गरेका थिए । ३१औं मिनेटमा फ्रान्को सेर्भीले गोलगर्दै सेल्टा भिगोलाई पुनः अग्रता दिलाए ।

४६औं मिनेटम बेन्जामाले गोलगर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ५४औं मिनेटमा भिनिसियसले बेन्जामाको पासमा गोल गर्दै रियललाई ३-२ को अग्रता दिलाए ।

७२औं मिनेटमा यसै सिजन रियलमा आवद्ध भएका इडुआर्डो डेब्यु खेलमै गोल गरे । ८७औं मिनेटमा बेन्जामाले पेनाल्टीमा गोलगर्दै ह्याट्रिक(तीन गिल) पूरा गरे भने रियललाई सानदार जित दिलाए ।

जितपछि ४ खेलबाट १० अंक जोडेको रियलले एट्लेटिको मड्रिड र भ्यालेन्सियालाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । भने सेल्टा भिगो एक अंकसहित १८औं स्थानमा छ ।

Views: