d

बाघको आक्रमणबाट एक जनाको मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बाँकेमा पाटे बाघको आक्रमणबाट एक भारतीय नागरिकको जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राप्तीसोनारी गाउँपालिका वडा नम्बर - १ गाभरमा एक जना भारतीय नागरिकलाई पाटे बाघले आक्रमण गरी मारेको बाँके प्रहरीले जनाएको छ ।

आइतबार साँझ देखि हराइरहेका उनको शव बाघले आधा खाइसकेको अवस्थामा भेटिएको छ । बिहान ७ बजेतिर राजमार्गबाट करिब ५ सय मिटर उत्तरतर्फ निकुञ्जभित्र बाघको आक्रमणका परेका ती व्यक्तिको खुट्टा मात्रै फेला परेको प्रहरीले जनाएको छ ।


बाघको आक्रमणमा परेका भारतीय नागरिकको पहिचान भने खुल्न सकेको छैन । तर, उनले स्थानीय एक होटेलमा भाँडा माझ्ने काम गर्दै आएको स्थानीयले बताएका छन् । 

Views: