d

प्रहरी र समुदायको साझा प्रयासमा मात्र समाज सुरक्षित रहन्छ - प्रहरी उपरीक्षक भट्टराई

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाः जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक सानुराम भट्टराईले प्रहरी र समुदायको साझा प्रयासबाट मात्र समाजमा शान्ति र अमनचयन स्थापना गर्न सकिने बताएका छन् । ईलाका प्रहरी कार्यालय गौरादहको मेस तथा कार्यालय भवनको उद्घाटन गर्न सोमवार आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको तर्फबाट  सम्वोधन गर्दै प्रहरीले सदैब समुदायबाट सहयोगको अपेक्षा राख्ने बताए।

 उनले कुनै पनि घटना संग समुदायको सदस्यले नै पहिलो जानकारी पाउने भएकोले तत्काल प्रहरीलाई खबर गरिनु पर्ने बताए।  

समाजमा देखिने लागुऔषध दुव्र्यशनी नियन्त्रण गर्न प्रहरीको एक्लो प्रयासबाट मात्र सफलता नमिल्ने तर समुदायको सहयोग भए जस्तो सुकै आपराधिक कृयाकलाप नियन्त्रण गर्न सहज हुने वताए ।

प्रहरी सदैव नागरिक सुरक्षामा केन्द्रित रहने भन्दै उपरिक्षक भट्टराईले प्रहरीहरुबाट समेत हुनसक्ने कमिकमजोरीको वारेमा जानकारी पाएमा तत्काल एक्सन लिन पछि नपर्ने वताए। 

 

 विभिन्न क्षेत्रमा सकृय रहदै आएका पेशाकर्मी तथा सामाजिक जीवनमा रहेका ७४ जना स्थानियको आर्थिक र भौतिक सहयोगमा ४ कोठे भवनको निर्माण सम्पन्न गरिएको वताईएको छ ।

 

आमदानी तथा खर्चको विवरण सार्वजनिक गर्दै कार्यालय प्रमुख रमेश मेहताले १४ लाख २५ हजार ८ सय २० रुपैँयाको लागतमा टिनको छाना भएको भवन निर्माण सम्पन्न गरिएको जानकारी गराएका थिए । कार्यालय प्रमुख मेहताले निर्माण लागतमा अहिले सम्म २ लाख ५ हजार रुपैँया नगद भु्क्तानीको दायित्व रहेको समेत जानकारी गराएका थिए। 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा एमाले प्रदेश १, झापा क्षेत्र नं. ५ (क) अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य योगराज दाहालले ईलाका प्रहरी कार्यालयमा रहेका समस्याहरुको वारेमा चर्चा गरे। प्रहरी कार्यालय बसेको सरकारी जमिन व्यक्तिले आप्mनो नाममा पार्न प्रहरीकै विरुद्ध अदालतमा मुद्दा दायर गरेको भन्दै नेता दाहालले सरकारी जमिन व्यक्तिले आप्mनो नाममा पार्ने प्रयास असफल भएरै छाडने जिकिर गरे । हाल इलाका प्रहरी कार्यालय गौरादहको जमिन व्यक्तिले आप्mनो जमिन भएको दावी गर्दै जिल्ला अदालत झापामा इलाका प्रहरी कार्यालय गौरादह विरुद्ध मुद्दा दायर गरेर दुःख दिएको भन्दै चिन्ता प्रकट गरे ।  
शुभकामना मन्तव्यकै क्रममा एमाले महिला नेतृ लिला कट्टेल कार्कीले लागु औषध नियन्त्रणमा प्रहरीले गम्भिर भएर लाग्नुपर्ने वताईन् । 
नेपाली कांग्रेसका नेता तथा पुर्वाञ्चल कृषि क्याम्पसका गौरादहका क्याम्पस प्रमुख अनिलकृष्ण प्रसाईले। प्रदेश र संघिय सरकारबाट बजेट व्यवस्थापन गरेर सुविधा सम्पन्न भवन निर्माण गर्नु पर्ने आवश्यकता औँल्याए ।  नेता प्रसाईले भवन निर्माणको लागि जस्तोसुकै सहयोग गर्न पनि आफु अग्रसर रहने वताए । 

निर्माण व्यवस्थापन समिति अध्यक्ष तथा कार्यक्रमका सभापति नारायण घिमिरेले भवन निर्माणक्रममा दाताहरु बाट प्राप्त भएको सहयोगले आफुहरुमा उर्जा थपिएको वताएका थिए । आफु विद्यालय सन्चालक समेत भएको भन्दै उनले हिजोआज लागुऔषध दुव्र्यशनीको संख्या बढ्दै गएको चिन्ता व्यक्त गरे ।  योजनावद्ध र सामाजिक सहकार्य मार्पmत कुलतमा फँसेका युवाहरुलाई सहि मार्गमा ल्याउन सकिने वताए । 


भवन निर्माण गर्न कार्यालय प्रमुख रमेश मेहताको योगदानको वक्ताहरुले उच्च प्रसंसा गरेका थिए ।

 

प्रहरी कर्मचारीले चाहेमा जस्तोसुकै कार्य पनि सहजै गर्न सक्ने भन्दै वक्ताहरुले सकारात्मक सोच भएका प्रहरीकर्मचारीलाई समाजले सदैव सम्झना गरिरहने वताएका थिए।  

 

 दातालाई सम्मान, विश्रामस्थलको सिलान्यास

मेस भवनको उद्घाटनकै अवसरमा ईलाका प्रहरी कार्यालयलाई ६ कट्ठा जमिन दान गर्ने दाता गौरादह १ निवासी रत्नबहादुर श्रेष्ठ तथा हालको प्रहरी कार्यालय रहेको स्थानमा विश्रामस्थल निर्माणको लागि नगद ५ लाख सहयोग गर्ने गौरादह १ निवासी कर्ण वहादुर कट्वाललाई सम्मान अर्पण गरिएको थियो । 
जनता मा.वी. गौरादहका शिक्षक तथा साहित्यकार दिपक सुवेदीले सन्चालन गरेको कार्यक्रमा ईलाका प्रहरी कार्यालय दमकका डि.एस.पी. नवराज कार्की, नेकपा एमाले नगर अध्यक्ष मित्रदेव काप्mले, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष शान्तिराम पौड्याल, नेकपा माओवादी केन्द्रका नेता पुष्प ढकाल, नेपाली कांग्रेसका नेता जीवन राई, एमाले महिला नेतृ गंगा कार्की लगायत स्थानियहरुको उल्लेख्य उपस्थिती रहेको थियो। 

Views: