d

पोखरीमा डुबेर एक प्रहरीको मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा : पोखरीमा नुहाउन गएका एक प्रहरीको डुबेर मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा धनकुटा जिल्ला पाख्रीबास नगरपालिका–१४ घर भई हाल कचनकवल गाउँपालिका–१ स्थित प्रहरी चौकी पिन्डलबारीमा कार्यरत २५ वर्षीय प्रहरी जवान सरोज गिरी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार कचनकवल–१ स्थित अवध राजवंशीसहित ८ जनाको लगानीमा खनिएको माछा पोखरीमा गिरी सोमबार बिहान नुहाउन गएका थिए। नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले खोजतलास गर्दा उनलाई मृत अवस्थामा फेला पारेको डिएसपी थापाले बताए।

यता प्रहरी जवान गिरीको मेची अस्पताल भद्रपुरमा शव पोस्टमार्टमका गराई परिवारजनलाई जिम्मा लगाइसकेको जनाइएको छ। उनी ०७३ साल भदौ १५ गते प्रहरीमा प्रवेश गरेका थिए। थाहाखबर।  

Views: