d

झापाको दमकमा खुल्दैछ सुपथ मूल्यको डिपट्मेण्ट स्टोर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: पुर्वकै प्रतिष्ठित सहर दमकमा 'गार्डेनमार्ट' ले सेवा विस्तार गर्ने भएको छ।  देशभर १० स्थानमा सफलता पुर्वक संचालनमा ल्याइएको गार्डेनमार्ट डिपार्टमेन्ट स्टोर दमकमा वडा दशैंको अवसर पारेर सुभारम्भ गर्न लागिएको हो।  

बित्तिय तथा व्यवसायिक क्षेत्रमा राम्रो सफलता हासिल गरेको तुलसी सहकारी संस्था द्वारा संचालित 'गार्डेन मार्ट'  डिपार्टमेन्ट स्टोरको रुपमा विकशित गरिएको छ।  दुर्गम जिल्ला डडेल्धुरा लगायत मुलुकका १० स्थानमा संचालनमा आइ सकेको 'गार्डेन मार्ट' दमकमा संचालनमा आए लगत्तै इलाम र विर्तामोडमा समेत सुरु गरिने जनाइएको छ।  

यही असोज १६ गते उद्घाटन गर्ने बताइएतपनि उद्घाटन मिति भने निश्चित भई नसकेको बताइन्छ।   'गार्डेन मार्ट' ले सुभारम्भको अवसर पारेर 'गार्डेन मार्ट' अव दमकमा पनि २५ प्रतिशत सम्म छुटको व्यस्था गरेको संचालनकहरु बताउछन्।  

Views: