d

राप्रपा मोरंगको नेतृत्वमा पुन: आचार्य 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बिराटनगर: राष्ट्रिय प्रजातन्त्र पार्टी मोरंग जिल्ला  अध्यक्षमा पुन: माधव आचार्य निर्वाचित भएका छन्।  सोमबार सम्पन्न गरिएको जिल्ला अधिवेशनमा भारी मतान्तर सहित दोश्रो कार्यकालको लागि आचार्य निर्वाहित भएका हुन्।  

सर्वसम्मत चयन गर्न गम्भीर छलफल भएको भएतापनि  पार्टीले प्रजातान्त्रिक पद्दती अंगिकार गर्दै मतदान प्रक्रियामा लगिएको पार्टी श्रोतले बताएको छ।  अध्यक्षको उम्मेद्वारी दिएका दुइ जना मध्ये आचार्यलाई ३ सय ६३ मत प्राप्त भएको थियो भने अर्का उम्मेदवार श्याम कार्कीले १०० मत प्राप्त गरेका थिए।  नव घोषित ३९ सदस्यीय जिल्ला कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरु भने सर्वसम्मत चयन गरिएको बताइएको छ।  अध्यक्षमा निर्वाचित भए पछि दिएको छोटो मन्तब्यमा नव अध्यक्ष आचार्यले पार्टीलाई सहि मार्ग प्रदान गर्न आफु अत्यन्तै लचिलो भएर अगाडी बढ्ने र मोरंग राप्रपालाई बलियो राप्रपा बनाएरै छाड्ने प्रतिबद्दता व्यक्त गरे।  

राप्रपा प्रदेश १ अध्यक्ष राम थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।  
 

Views: