d

एमाले विभाजन भएको छैन, चोइटा छेस्किएर उछिट्टिएको मात्र हो : ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: एमाले अध्यक्ष के पी ओलीले एमाले फुटेको नभएर केहि चोइटा छेस्किएर उछिट्टिएको बताएका छन्।  

 मंगलबार एमाले जिल्ला कमिटि झापाले विर्तामोडमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लामो समयसम्म एमालेमा रहेर नेता माधव कुमार नेपालले फाइदा मात्र लिएको र अन्त्यमा बेइमानी गरेको बताए।  


एमालेलाई फुटाए पनि सिंगो पार्टीले हिम्मत नहारेको र आगमी तीन तहकै निर्वाचनमा एमालेकै जित हुने समेत ठोकुवा गरे।  
एमालेको सरकारले ३ वर्षमा गरेका विकास निर्माणका काम स्मरण गर्दै अध्यक्ष ओलीले  प्रतिक्रियाबादीहरुले विकास नचाहेकाले सरकार ढलाइएको तर्क गरे । 

जनदेशको सरकार हटाएर बनेको वर्तमान परमादेशको सरकार निर्माण भएको २ महिना वित्दा समेत सरकारले पूणर्ता नपाउनु सरकारको कमजोर क्षमता देखिन थालेको ओलीको टिप्पणी छ।  

साथै प्रतिनिधी सभाका सभामुखले आफ्नो जिम्मेवारी र  दावीत्व भुलेको बताए  । सभामुख अग्नि प्रसाद सापकोटाले पदिय जिम्मेवारी भुलेर माओवादी केन्द्रको कार्यकताको भूमिका निर्वाह गरेको आरोप लगाए । एमाले पार्टिले कार्वाहि गरेका सांसदहरुको नामावाली संसदको सुचना बोर्डमा टास्न नसक्नु र संसद सञ्चालन हुदा पनि संसदमा पेश गर्न नखोज्नु भनेको सभामुखको गैर जिम्मेवार भूमिका देखिएको ओलीले बताए । जवसम्म पार्टिले कार्वाहि र निस्कासन गरेका सांसदहरुको बारेमा सदनलाई जानकारी गराइदैन तव सम्म संसद अवरुद्ध पनि पारीरहने बताए।  


यस्तै भेलालाई सम्बोधन गर्दे एमाले केन्द्रीय कमिटि सदस्य तथा झापा जिल्ला कमिटि इन्चार्ज रबिन कोइरालाले पहिलेको निर्वाचन परिणामलाई आत्म समिक्षा गर्दै आगामी महाधिवेसनमा जुट्नु पर्ने बताए। कोइरालाले अबको निर्वाचनमा उच्च मनोबलका साथ अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

यस्तै एमाले केन्द्रीय कमिटि सदस्य हिक्मत कार्कीले संविधानको यथार्थतालाई कुल्चीएर अध्यादेश मार्फत एमाले फुटाइएको आरोप लगाए।  अहिले पनि एमालेलाई कमजोर पार्न चौतर्फी प्रयास भइरहेको कार्कीको तर्क थियो।  

file image

Views: