d

एमसिसीले राष्ट्रियतामा असर पार्दैन, बरु मुलुक औद्योगिकरण तर्फ प्रवेश गर्छ - बाबुराम भट्टराई 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सिन्धुली । जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) विदेशी अनुदान सहयोग संसदबाट अनुमोदन गर्नुपर्ने आवश्यकता नभए पनि अनुदान ठूलो रकम भएकाले र नेपालकै तर्फबाट संसदबाट अनुमोदन गर्ने प्रस्ताव भएकाले संसदमा गएको उनले बताएका छन् ।

उनले विगतमा यस्ता सम्झौता गर्दा विवाद बढी देखिएकाले पनि राष्ट्रिय सहमति जुटाउन सहज हुन्छ भन्ने ढंगले नेपालकै तर्फबाट माग गरेर संसदबाट अनुमोदनको बुँदा एमसिसी सम्झौतामा राखेको पाइएको स्पष्ट पारे ।
उनले एमसिसीबारे यति धेरै बहस र विवाद गर्न आवश्यक नरहेको पनि बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले मंगलबार सिन्धुलीमाढीमा आयोजित पार्टीको संगठन सुदृढीकरण तथा जागरण अभियानमा सहभागी हुन सिन्धुलीमाढी आएका उनले पत्रकारसँग एमसिसीबारे विवाद अनावश्यक बताएका हुन् ।
उनले नेपालजस्तो भर्खर औद्योगिकीकरणतर्फ पाइला सार्दै गरेको मुलुकले केही चरणसम्म देशी विदेशी पुँजी परिचालन गरेरै देशको विकास गर्नुपर्ने भएकाले एमसिसी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
उनले राष्ट्रिय सहमति कायम गरी एमसिसी अनुमोदन गर्दा नै देशको हित हुने पनि बताए । ‘एमसिसीको विषय अहिले पेचिलो रूपमा उठेको छ,’ उनले भने, ‘यस्ता राष्ट्रिय मामिलामा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्नुपर्छ ।’ भट्टराईले दलगत राजनीति र दलभित्र पनि गुटगत राजनीति गर्न राष्ट्रियताका प्रश्नलाई गिजोल्नु नहुने आफ्नो मान्यता रहेको बताए ।

Views: