d

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

तनहुँ – टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज मङ्गलवार तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका ८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएकी इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ । 

शुक्लागण्डकी नगरपालिका ८ पुलचोकमा रहेकाे सेती नदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्साल नदीमा खसेर बेपत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ।  

घुम्ने क्रममा साथीहरूसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उनीसँगै गएका साथीहरूले प्रहरीलाई सुचना गरेको बताइएको छ।   अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको जनाइएको छ।  

Views: