d

उत्तर र दक्षिण कोरिया विच क्षेप्यास्त्र परीक्षणको जुहारी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्योङयाङ: उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्धिपमा तनाब बढेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।उत्तर कोरियाले गरेको शक्तिशाली क्षेप्यास्त्र  परीक्षणले कोरियाली प्रायद्धिप क्षेत्रमा पहिलेदेखि नै जारी तनाव झनै बढेको सीएनएनमा समाचार छ ।

उत्तरले बुधबार बिहान शक्तिशाली क्षेप्यास्त्र  प्रहार गरेको थियो । उक्त क्षेप्यास्त्र पूर्वी कोरियन प्रायद्धिपमा खसेको पाँच मिनेटपछि दक्षिण कोरियाले पनि क्षेप्यास्त्र  प्रहार गरेको हो। २०७८ साल भदौ ३१ गते, बिहिबार

दक्षिण कोरियाले क्षेप्यास्त्र परीक्षण सफल भएको भन्दै बुधबार विज्ञप्ति जारी गरेको थियो । ‘क्षेप्यास्त्रले सम्भावित बाह्य खतरालाई रोक्न, देशको आत्मरक्षा गर्न र कोरियन पेनिनसुलामा शान्ति कायम राख्न मद्धत पुर्‍याउनेछ’ दक्षिण कोरियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अत्याधुनिक प्रविधि र क्षेत्रीय हातहतियार क्षमता विस्तारको दौडमा अब दक्षिण कोरिया संसारको सातौँ मुलुक भएको छ ।’

यद्यपि उत्तर कोरिया र दक्षिण कोरियाले बुधबार गरेको क्षेप्यास्त्र परीक्षणले प्रायद्धिप क्षेत्रमा तनाव सिर्जना गर्ने विज्ञहरुले बताएका छन् । ‘दुबै कोरियाले एकैपटक शक्तिशाली क्षेप्यास्त्र  परीक्षण गरेका छन् । यो एक निकै असामान्य संयोग हो’ योनसेई युनिभर्सिटीका प्रोफेसर जोन डेलुरीले एएफपीसँग भनेका छन्, ‘प्रायद्धिप क्षेत्रमा हतियारको दौड भइरहेको छ । यसले ठुलो तनाव उत्पन्न गराउनेवाला छ । त्यसैले सबैले सतर्क रहन जरुरी छ ।’ अन्नपुर्ण 

Views: