d

पूर्वमुख्यमन्त्री पोखरेलविरुद्ध जाहेरी दिन दाङ पुगिन् विमला 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित चारजनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी दिन प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली) दाङ आएकी छिन्। बुटवलबाट आज (बुधबार) दाङ आएको नयाँ पत्रिकालाई बताइन् । ‘पहिला हामीले बुटवलमा दर्ता गराउन खोजेका थियौं,’ उनले भनिन्, ‘तर, बुटवलबाट दाङ नै दर्ता गर्न सुझाब दिनुभयो, त्यहीअनुसार दर्ता गर्ने तयारीमा छौँ।’

गत साउन १५ देखि ५ दिनसम्म आफूलाई बन्धक बनाएको भन्दै पूर्वमुख्यमन्त्रीसहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध जाहेरी दिने उनले बताइन्। 

लुम्बिनी प्रदेश दाङका प्रहरीप्रमुख मुकुन्द आचार्यले विधि पुर्‍याएर जाहेरी आए दर्ता गर्ने बताएका छन् । खत्री र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले मंगलबार इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएका थिए । डिएसपी कुँवरले उनले घटनाको सुरुवात भएको स्थान दाङमै भएकाले त्यहीँ उजुरी दर्ता गर्न सुझाब दिएका थिए । खत्रीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा  ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था रहेको छ ।  नयाँ पत्रिका। 

file image

Views: