d

दिने पिच्छे किन बढ्छ खाने तेलको मूल्य ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । खाने तेलको मूल्य केहि दिनदेखि लगातार बढिरहेकोले उपभोक्ताहरु मारमा परेका छन्।
तेलको मूल्य गतवर्षको अन्त्यतिरदेखि नै बढ्दै गएको खुद्रा व्यापार संघको तथ्यांकमा उल्लेख छ।
२०७७ चैत १२ मा भुटेको तोरीको तेलको प्रतिलिटर २६० देखि ३०० रुपैयाँ रहेको खुद्रा संघले जानकारी दिएको थियो। तर भुटेको तोरीको तेलको मूल्य ३६० रुपैयाँ पुगेको छ।
यस्तै प्रतिलिटर २०० रुपैयाँ पर्ने काँचो तोरीको तेलको मूल्य बढेर अहिले २६० रुपैयाँ रहेको छ।
भटमासको तेलको प्रतिलिटर मूल्य २४० रुपैयाँ, सनफ्लावरको तेल मूल्य २५० रुपैयाँ र डाल्डा घिउको मूल्य २२० रुपैयाँ रहेको खुद्रा संघले जनाएको छ।
यसैबीच, उत्पादकहरूले भने खानेतेलको मूल्यमा आएको वृद्धि स्वाभाविक भएको प्रस्ट्याएका छन् ।
संघले बुधबार एक विज्ञप्ति नै निकालेर विभिन्न समाचार माध्यममा आएका समाचारको खण्डन गर्दै मूल्यवृद्धि स्वाभाविक भएको बताएको हो ।
आफ्नो ध्यानाकर्षण भएको भन्दै नेपाल वनस्पति घ्यू तेल संघले खानेतेलको मूल्य बढेको÷नबढेको सम्बन्धी पटक–पटक वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जानकारी दिएको बताएको छ ।
हाल नेपालमा सञ्चालनमा रहेका २० वटा खानेतेल उत्पादक कम्पनीहरूले उल्लेख्य नाफा नखाई बजारमा तेल पठाएको उनीहरूको भनाई छ ।
उद्योगीले भनेका छन्, ‘खानेतेलको कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेन लगायतका देशबाट आउँछ ।’
यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरूप नै नेपालको बजारको मूल्य निर्धारण हुने संघको दाबी छ । द नेपाल टप।  

Views: