d

नरभक्षी बाघ नियन्त्रण गर्न ठाउँ–ठाउँमा आहारा राखिदैँ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपालगंज । बाँके राष्ट्रिय निकुञ्जले नरभक्षी बाघलाई नियन्त्रण गर्न विभिन्न उपाय अपनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघलाई नियन्त्रणका लागि ठाउँ–ठाउँमा आहारा राखेको जानकारी दिए।
आहार खान आउँदा बाघलाई नियन्त्रण गर्ने रणनीति बनाइएको उनले बताए ।
बाघ बस्तीको छेउछाउमै आइरहेकाले बाघलाई नियन्त्रण गर्ने निष्कर्षमा निकुञ्ज पुगेको हो ।
राप्तीसोनारी गाउँपालिका–१, गाभरमा आइतवार एकजनालाई बाघले मारेपछि अहिले बस्ती नै आतङ्कित भएको छ । स्थानीयले मान्छे खाने बाघलाई नियन्त्रण गर्न दबाब दिएका छन् ।
निकुञ्ज प्रशासनले बाघलाई नियन्त्रण गर्नका लागि हात्तीसहितको टोली परिचालन गरेको छ । ठाउँ–ठाउँमा क्यामेरा जडान गरेको छ ।
बस्तीको आसपासमा दैनिक बाघ देखिन थालेपछि पूर्वपश्चिम राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाइएको छ ।
मोटरसाइकल, साइकल र पैदलयात्रामा साँझ रोक लगाइएको छ भने दिउँसो पनि समूहमा पठाउने गरिएको छ ।
निकुञ्जमा अहिले २१ वटा बाघ रहेका छन् । द नेपाल टप।  

Views: