d

पूर्वप्रधानसेनापति कटवाल हिन्दू राष्ट्रको अभियान बोकेर पुगे अमेरिका 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

नर्थ क्यारोलिन, ३० भाद्र । पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाल नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियान बोकेर सक्रिय छन् । उनले अभियानलाई देशभर फैलाएसँगै विदेशमा पनि सक्रियता बढाएका छन् ।


हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानका राष्ट्रिय संयोजक रहेका कटवाल अभियान बोकेर अमेरिका पुगेका छन् । त्यहाँ उनले विविध कार्यक्रम र भेटघाट गरिरहेका छन् ।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको भाद्र ३ गते विधिवत उद्घाटन भएपश्चात् अमेरिका भ्रमणमा रहेका कटवालले अमेरिकामा रहेका हिन्दूहरूलाई २८ भाद्रमा नर्थ क्यारिलिनामा सम्बोधन गर्दै हिन्दूराष्ट्रमा जोड दिएका छन् । उनले भनेका छन् “नेपाल सनातन–कालदेखि एउटा विशिष्ट हिन्दू जीवन पद्धतिमा आफूलाई स्थापित गर्दै आएको छ । र, त्यो जीवनपद्धति नै नेपालको संस्कृति हो ।”

सामाजिक, सांस्कृतिक एवं आध्यात्मिक आधारमै पनि नेपाल हिन्दू राष्ट्र रहेको उल्लेख गर्दै उनले भने, “लाखौँ मन्दिरहरू, देवालय, शक्तिपीठ, पवित्र कुलपर्वत( हिमालयले सुशोभित राष्ट्रका पावन नदीहरूको कलकल निनादसँगै यहाँका नागरिकहरूले पनि निरन्तर ‘सर्वे भवन्तु सुखिनः’ भनी विश्व कल्याणको विचार प्रवाह गरिरहेका छन् । यो ऋषिभूमि हो, वेदभूमि हो । हाम्रा ऋषि महर्षिहरूले वसुधैव कुटुम्बकम् भनी विश्वलाई एउटा परिवारका रूपमा हेर्ने दृष्टिकोण दिए ।”

विश्वमा अनेकौ इसाई र मुसलमान देश भइरहँदा नेपाललाई विश्वकै झण्डै डेढ अर्ब हिन्दूले गर्व गर्नसक्ने विश्वको एकमात्र हिन्दूराष्ट्र बनाउन विश्वका हिन्दूहरू एकजुट हुनपर्ने बताए । उनले हिन्दूराष्ट्रका लागि सबै राष्ट्रबाटको आग्रह गरे । रिपोर्टर्स। 

 

Image: ReportersNepal

Views: