d

कचनकवलमा नेता लिंग्देंन द्वारा राप्रपा पार्टी कार्यालय भवन शिलान्यास (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको कचनकवल गाउँपालिकामा राप्रपा पार्टी कार्यालय भवन शिलान्यास गरिएको छ । 

दाता बाट प्राप्त कचनकवल चोकमा करिब १ कठ्ठा जग्गामा गाउँ पार्टीकार्यालय भवन निर्माण गर्ने लक्ष्य सहित  भवन शिलान्यास गरिएको हो । 

गत स्थानीय निर्वाचनमा राप्रपाबाट विजयी भएका गाउँपालिका अध्यक्ष अन्जर आलमले निशुल्क रूपमा प्रदान गरेको जग्गामा पार्टी कार्यालय भवन निर्माण गरिने बताइएको छ । 

जनश्रमदानबाट सो कार्यालय भवन तीन महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखेको भवन निर्माण समितिका संयोजक रुद्रमणि अर्यालले जानकारी दिए । 

त्यसैगरी राप्रपा कचनकवलले १२१ सदस्यसहितको जनवर्गीय सङ्गठन समिति निर्विरोध चयन गरेको छ । धनबहादुर तामाङ (छोटु)को नेतृत्वमा ३९ सदस्य सहितको युवक सङ्गठन, रुपा गौतमको नेतृत्वमा ३७ सदस्यसहितको महिला सङ्गठन र शङ्करप्रसाद गणेशको नेतृत्वमा ३५ सदस्यसहितको किसान सङ्गठन गठन गरेका हुन् । राप्रपाका गाउँ समितिका अध्यक्ष रवि ओझाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । 

 

नेता लिंग्देंनद्वारा भवन शिलान्यास 
श्रमदान बाट ३ महिना भित्रमा निर्माण सम्पन्न गरिने 
गाउँ पालिका अध्यक्ष अन्जर अलामले गरे जग्गा दान  
दर्जनौं राप्रपा प्रवेश 
भात्री संगठनको अधिवेशन सम्पन्न 


प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै नेता राजेन्द्र लिङ्देनले मुलुकभरबाट राप्रपामा जनलहर आएको बताएका छन् ।
पार्टीको आगामी महाधिवेशनले सहि नेतृत्व प्राप्त गर्ने विश्वास व्यक्त गर्दै नेता लिङ्देनले आसन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनमा  पार्टीको बलियो भएर उदाउने ठोकुवा गरे । 

कार्यक्रममा राप्रपा १ नं. प्रदेश कमिटी अध्यक्ष राम थापा, केन्द्रिय निर्देशन समिति सदस्य लक्ष्मीप्रसाद संग्रौला, नेता अम्बर बिष्ट, झापा जिल्ला अध्यक्ष केशव ओझा, कचनकवल गाउँ पालिका अध्यक्ष अन्जर आलम लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

सोही अवसरमा २ दर्जन स्थानीयहरु काङ्ग्रेस, एमाले तथा माओवादी पार्टी परित्याग गरि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । संघीयता खारेजी र राजसंस्था सहितको हिन्दु धर्मको एजेन्डा लिएको राप्रपाका हरेक कार्यक्रमहरु मन पराएर आफुहरुले राप्रपा रोजेको नव प्रवेशीहरुले बताएका छन् । 

 

कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेकोे थियो ।No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

Views: