d

गौरादह: एमाले र कांग्रेसका संगठित सदस्यहरु सहित १२३ जना राप्रपामा प्रवेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुष्प आर जे 

 झापा: गौरादह न. पा. वडा नं. ७ बाट करिब १२३  जना भन्दा बढी स्थानीयहरु विभिन्न पार्टी  परित्याग गरि राप्रपामा प्रवेश गरेका छन् ।  वडा कमिटिको बिस्तारित बैठक अन्तर्गत आयोजित एक औपचारिक कार्यक्रमका विच गौरादह वडा नं. ७ बाट ठूलो संख्यामा  एमाले र कांग्रेस बाट स्थानीयहरु राप्रपामा प्रवेश गरेका छन् । ग्वालडुब्बा स्थित अतिथि सदनमा आयोजित कार्यक्रममा एमालेका संगठित सदस्यहरु टेक प्रसाद अधिकारी, राजु पाण्डे, महेश भट्टराई र दिलिप पान्डेले एमाले पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन् । त्यसै गरि नेपाली कांग्रेसका जय पाण्डे आफ्ना साथीहरु सहित राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । 

 

नव प्रवेशीहरुलाई राप्रपा केन्द्रिय निर्देशन समिति सदस्य तथा प्रदेश नं. १ अध्यक्ष राम थापा, केन्द्रिय निर्देशन समिति सदस्य लक्ष्मी प्रसाद संग्रौला, पुर्व जिल्ला अध्यक्ष अम्बर बिष्ट,  क्षेत्र नं. ५ अन्तर्गतको प्रदेश 'क' अध्यक्ष जय गुरुङ, दमक नगर अध्यक्ष हेम सुबेदी मिडिया नेपाल केन्द्रिय सदस्य तथा युवक संगठन क्षेत्रीय अध्यक्ष सान नेपाल, जिल्ला सदस्य भिम बस्नेत, महिला नेत्री भरिपूर्ण राई, नगर अध्यक्ष शान्तिराम पौड्याल लगायतले  स्वागत सम्मान अर्पण गरेका थिए । 

 

कार्यक्रममा प्रमुख अतिथिको रूपमा शुभकामना मन्तव्य राख्दै नेता थापाले राजनीतिक खिचातानी र आपसी कलहमा व्यस्त रहेका एमाले र कांग्रेसले मुलुकलाई निकास दिन नसक्ने जिकिर गरे ।  पार्टीलाई दर्बिलो शक्तिको रूपमा स्थापित गर्ने जिम्मा कार्यकर्ताको काधमा रहेको बताउदै आगामी चुनावको तयारीमा जुट्नुपर्ने आवश्यकता औंल्याए । 

 

नेता लक्ष्मी प्रसाद संग्रौलाले पार्टीमा जनलहर आइसकेकोले अब राप्रपाको बेगलाई कुनै पनि शक्तिले रोक्न नसक्ने ठोकुवा गरे । राप्रपामा कोहि नयाँ र कोहि पुरानो नहुने भन्दै नेता संग्रौलाले नव प्रवेशी साथीहरुको भुमिका पार्टीमा उच्च रहने बताए । 

 

शुभकामना मन्तव्यकै क्रममा नेता अम्बर विष्टले राप्रपामा युवाहरूको आकर्षण बढेको भन्दै आफुहरु युवापंक्तिलाई नेतृत्व सुम्पन तयार रहेको बताए । 

 

प्रदेश १ क्षेत्र नं. ५ 'क' अध्यक्ष जय गुरुङले पार्टीको अवको मिसन स्थानीय निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए । 

दमक नगर अध्यक्ष हेम सुबेदीले नव प्रवेशीलाई शुभकामना प्रदान गर्दै निर्वाचनकै बारेमा चर्चा गरेका थिए। 

मिडिया नेपाल केन्द्रिय सदस्य सान नेपालले भ्रष्टाचार र कुशासनको दलदलमा फसेको तिनै तहको सरकार बाट नेपाली जनताले कुनै अपेक्षा राख्न नसक्ने ठोकुवा गरे । स्थानीय तहमा जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त रहेको भन्दै नेपालले राप्रपालाई एक नम्बरको पार्टी बनाउन भ्रष्टाचार विरुद्धको अभियान थाल्नुपर्ने आवस्यकता औल्याए । 

एमाले  परित्याग गरि राप्रपामा प्रवेश गरेका टेक प्रसाद अधिकारीले एमालेमा सिद्धान्त र निष्ठाको राजनीति सकिएको बताए । इमानदार कार्यकर्तालाई पाखा लगाउने खेलले बाट आफू आजित भएको भन्दै २०४६ साल देखि एमालेको झण्डा निरन्तर उठाएको तर बदलामा हमेसा अपमानित मात्र हुनुपरेको बताए । निति, सिद्धान्त, आदर्श र मुल्य मान्यताकै कारण राप्रपाले जनाधार तयार गर्न लागेको बताउदै अधिकारीले प्रजातान्त्रिक आचरण नभएका एमाले र कांग्रेसको औचित्य समेत सकिएको जिकिर गरे । 

राप्रपा नगर अध्यक्ष शान्तिराम पौड्यालले संचालन गरेको कार्यक्रममा युवक संगठनको वडा समिति तथा पार्टी वडा कमिटीका पदाधिकारी/ सदस्यहरुको जिम्मेवारी समेत फेरवदल गर्दै वडा कमिटी अध्यक्षमा टेक प्रसाद अधिकारीलाई जिम्मेवारी प्रदान गरिएको छ । 

समारोहमा स्थानीय नेता कार्यकर्ता सहितको बाक्लो उपस्तिथि रहेको थियो ।

Views: