d

गौरादहका गिरीले गरे 'राष्ट्रिय प्रजातन्त्र पार्टी' शिर्षकमा पी. एच. डी.

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमान्डौ: झापा गौरादहका राजेश गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टी शिर्षकमा शोधपत्र प्रकाशन गर्दै पी. एच. डी  हासिल गरेका छन्।     राजनिती शास्त्र विषयमा विद्यावारिधी उपाधीका लागी त्रिभुवन विश्व विद्यालयबाट 'राष्ट्रिय प्रजातन्त्र पार्टी' शिर्षकमा शोधपत्र प्रस्तुत गरेका गिरीले ६ वर्ष लामो अध्ययन अनुसन्धान गर्दै विद्यावारिधी' गरेका हुन्।

 फरक र नौलो शिर्षकमा विद्यावारिधी गर्ने गिरी विश्वकै पहिलो विद्यार्थीको रुपमा समेत परिचित भएका छन्।   


२०४६ सालको जनआन्दोलन पछि बलियो प्रजातान्त्रिक शक्तिको रुपमा स्थापना भयो, स्पस्ट विचार बोकेको राजनीतिक दल हो, विचार र सिद्दान्तको हिसाबले राष्ट्रियता , प्रजातन्त्र र  उदारवाद यसका मुलभुत सिद्दान्त हुन्।  राष्ट्रियहित र विकासलाई मध्यनजर राख्दै राष्ट्रियता लाई सर्वोपरी साध्य,  प्रजन्तन्त्रलाई अपरिहार्य आधार , राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीक्, हिन्दुत्वलाई जीवन दर्शन र उदार अर्थतन्त्रलाई आर्थिक विकासको मेरुदण्ड तथा निरन्तरता सहितको परिवर्तन अर्थात समर्थन बादलाइ मार्गदर्शक सिद्दान्तको रुपमा राप्रपाले लिएकोले यसलाई आधार बनाएर राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना र निर्माण, संसदीय अभ्यासमा राप्रपाको सहभागिता, नेपाली राजिनितीका प्रमुख मुद्दा र अन्य दल संगको सम्बन्धलाई अध्ययनको मुख्य श्रोत मानेर 'विद्यावारिधी' को विषय बनाइएको छ।  
 
'राष्ट्रिय प्रजातन्त्र पार्टी' लाईनै  अध्ययनको पाटो बनाएर सोही  शिर्षकमा 'विद्यावारिधी' गर्न सफल गिरी आफ्नो प्रयासले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बलियो राजनीतिक शक्तीको रुपमा विकाश गर्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्छन्।  

पर्दाफाश प्रतिनिधि संग  छोटो टेलिफोन सम्बाद गर्दै गिरीले ६ वर्षलामो अध्ययनले एक अभुतपुर्व सफलता दिलाएको बताए।

 ' मैले गरेको 'विद्यावारिधी' ले नेपालका सबै राजीनितिक दललाई सकारात्मक उर्जा प्रदान गर्ने कुरामा विश्वास लिएको छु। ' गिरीले भने।  

राप्रपामा शिर्षकमा पी. एच. डी. गरेर  नेपाली राजनितीलाई विश्वभर चिनाउन सफल  भएका गिरी हाल 'राष्ट्रिय प्रजातन्त्र पार्टी' को केन्द्रिय कार्य सम्पदान समिति सदस्य तथा केन्द्रिय सदस्य समेत रहेका छन् ।   

Views: