d

आफूखुशी चल्न थाले बिद्यालयहरु, समन्वयको अभाव 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । काठमाडौंमा विद्यालयहरु जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत भदौ ३१ गते जारी गरेको सूचनाका आधारमा सञ्चालन नभएपछि भोलि नगर शिक्षा बैठक बस्ने भनिएको छ ।
सूचनामा विद्यालय सञ्चालन भौतिकरुपमा सकेसम्म नगर्न र गर्नैपरेमा स्थानीय तहसँगको समन्वयमा सञ्चालन गर्न आग्रह गरिएको थियो तर काठमाडौंका कतिपय विद्यालयहरुले स्थानीय तहसँग समन्वय नै नगरी सञ्चालन गरेको पाइएको हो ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालकाअनुसार जिल्ला प्रशासन कार्यालयले सकेसम्म दशैअघि विद्यालय सञ्चालन नगर्न आग्रह गरेको बताए ।
“हाम्रो आग्रह दशैअघि सकेसम्म विद्यालय सञ्चालन नगर्नु भन्ने थियो तर विद्यालय सञ्चालकहरुले सबै क्षेत्र खुलेको अवस्थामा विद्यालय पनि खुलायनु पर्छ भन्ने आग्रह गरेअनुसार स्थानीय तहको समन्वयमा खोल्न पाउने निर्णय गरेका हौँ” उनले भने ।
बालबालिकाहरुले खोप नलगाएको अवस्था र अझैपनि जोखिम नटरेको अबस्थामा तत्काल भौतिकरुपमा विद्यालय सञ्चालनको लागि आफूहरु सहमत नरहेको प्रजिअ रिजालको भनाई छ ।
स्थानीय तहसँगको समन्वयविना नै बिद्यालयहरु सञ्चालन भएको पाइएमा स्थानीय तहले नै कारवाही गर्नसक्ने उनले जनाए ।
यता काठमाडौं महागरपालिकाका शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले भने महानगरमा अझै विद्यालय सञ्चालनका लागि औपचारिक निर्णय भैनसकेको बताए ।
यसबारेमा निर्णय गर्न भोलि (मंगलबार) नगर शिक्षा समितिको बैठक बस्न लागेको उनले जानकारी दिए ।
महानगरमा विद्यालयहरु औपचारिक रुपमा कहिले र कसरी सञ्चालन गर्ने भन्ने विषयमा बैठकको निर्णयपछि टुङ्गो लाग्ने उनको भनाइ छ ।
आफूहरुले विद्यालय सञ्चालन गर्न सकिने विषयमा २७ बुँदे मापदण्ड तयार पारेको र भोलिको बैठकमा उक्त मापदण्डमाथि पनि छलफल गरिने सुवेदीले बताए ।

Views: