d

राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery


राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेकी छिन् । बजेट प्रमाणीकरणसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । संघीय संसद्का दुवै सदनबाट पारित भएको विनियोजन विधेयक प्रमाणीकरणका लागि बिहीबार राष्ट्रपतिसमक्ष पठाइएको थियो । 
बजेट पारित नहुँदा भदौ ३० गतेदेखि सरकारले रकम खर्च गर्न सकेको थिएन । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सदनबाट पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ ।

Views: