d

सञ्चार उद्यमीले समेत  पुनर्कर्जा पाउने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । सञ्चार सेवा प्रदायक र खोप उत्पादन गर्ने उद्योगहरुलाई पनि सहुलियतपूर्ण पुनर्कर्जा उपलब्ध हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार पुनर्कर्जा कार्यविधि सार्वजनिक गर्दै उक्त क्षेत्रलाई ३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बताएको हो ।
सो व्यवस्था अनुसार कर्जा उपलब्ध गराउन बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।
सञ्चार क्षेत्र भन्नाले टेलिफोन तथा इन्टरनेट लगायत अन्य सञ्चार क्षेत्रलाई राष्ट्र बैंकले वर्गीकरण गरेको छ ।
ब्रोडब्यान्ड प्रबर्द्धन गरी सर्वसाधारणमा इन्टरनेट पहुँच पुर्याउने गरी दुर्गम स्थानहरुमा सेवा पुर्याउने इन्टरनेट सेवा प्रदायकहरुले पनि यो सुविधा पाउने छन् ।
राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गर्दै ३ प्रतिशत ब्याजदरमा कर्जा दिने ब्यवस्था गरेको हो ।
विशेष पुनर्कर्जा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक प्रतिशतमा उपलब्ध गराउँछ ।
त्यसमा २ प्रतिशत बिन्दु मार्जिन लिएर बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशतमा ऋण उपलब्ध गराउने छन् ।
सञ्चार सेवा प्रदायक संस्थाहरु तथा सरकारबाट महामारी जन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोपको उत्पादन गर्ने उद्योग स्थापना गर्न विशेष पुनर्कर्जा उपलब्ध गराइने राष्ट्र बैंकले बताएको छ ।

Views: