d

गौरादहमा हामी बलियो छौं, कसैको धाक, धम्की संग डराउदैनौ - एकीकृत समाजवादी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह एमालेले भ्रामक समाचार सम्प्रेषण गरेको नेकपा एकीकृत समाजवादी गौरादह नगर कमिटिले जनाएको छ।   गत साता समाजबादीले गठन गरेको नगर कमिटि नामावालीमा रहेका ९ जनालाई एमालेले आफ्ना कार्यकर्ता भएको दावी गर्दै विज्ञप्ती जारी गराएको  विषयमा नेकपा समाजवादी गौरादह नगर कमिटिले गम्भीरता पुर्वक लिएको जनाएको हो।  ९ जना द्वारा हस्ताक्षरित विज्ञप्ती पर्दाफास डट कम बाट समाचारको रुपमा समेत प्रकाशित भएको थियो।  

                   एमालेको तर्फ बाट जारी गरिएको पत्र

सचिव राजु राउत समेत एकीकृत समाजवादी पार्टी छोडेर पुन: एमालेमै फर्किएको बताइएको थियो।  उक्त पत्रमा राउतले समेत हस्ताक्षर गरेका छन्।  

उक्त हस्ताक्षरलाई समाजवादीले एमालेको गलत हर्कत भएको भन्दै विज्ञप्ती मार्फत विरोध गरेको छ ।  

 

नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष र सचिव द्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, 'हाम्रो गौरवशाली कम्युनिस्ट पार्टीको नगर कमिटीमा रहेका नगर सचिव तथा सदस्यलाई प्रलोभन, डर, त्रास देखाई सानो चितहरुमा हस्ताक्षर गराई नेकापा एमाले भनिने पार्टीले निकालेको विज्ञप्ती सरासर झुटो रहेको जानकारी गराउंदै हाम्रा कमरेडहरु यथा स्थानमा रहेको जानकारी गराउँद छौं। ' 

विज्ञप्तीमा अगाडी भैनिएको छ ,' फेरिपनि यस्ता भ्रामक समाचार सम्प्रेषण गरि हाम्रा  कमरेडहरुमाथी खेलवाड गर्ने, डर त्रास दिने जस्ता काम गरिएमा नेकपा एकीकृत समाजवादी जस्तो सुकै कदम चाल्न पनि वाध्य हुनेछ। ' 

 

गौरादहमा नेकपा एकीकृत समाजवादी पार्टीको कुनै अस्तिव नरहेको बताइदै गरिएको बेला नेकपा समाजवादीले ५१ सदस्यीय नगर कमिटि निर्माण गरेको घोषणा गरेको थियो।  


 

Views: