d

गौरादहमा बंगाली समाज नगर समिति गठन

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा । नेपाल राष्ट्रिय बंगाली समाज गौरादह नगर समिति गठन गरिएको छ । गौरादहमा आइतबार बंगाली समुदायको एक भेलाले जबा चक्रवर्तीको अध्यक्षतामा ९ सदस्यीय गौरादह नगर समिति गठन गरिएको हो । भेलाले सर्वसम्मत रुपमा समितिको सचिवमा आशिष् स्वर्णकार, सहसचिवमा चन्दन मण्डल र कोषाध्यक्षमा प्रतिभा चक्रवर्तीलाई चयन गरेका छन् । त्यस्तै समितिको सदस्यहरूमा रामलाल मण्डल, गोविन्द मण्डल, मानिक मण्डल र शीतल मण्डल चयन भएका छन् ।

उपाध्यक्ष लगायत अन्य सदस्यहरूलाई नगर समितिको बैठकले क्रमशः चयन गर्दै जाने बताइएको छ । रञ्जित चक्रवर्ती (भोला)को अध्यक्षता तथा नेपाल राष्ट्रिय बंगाली समाजका केन्द्रीय सदस्य अनुप रायको प्रमुख आतिथ्यमा भएको भेलामा सञ्जय सरकार, तापोस् दत्त, गोविन्द मण्डल, आशिष् स्वर्णकार, प्रतिभा चक्रवर्ती लगायतले आआफ्नो धारणा राखेका थिए ।

केन्द्रीय समितिले देशभर छरिएर रहेका बंगाली समुदायको हक अधिकार सुनिश्चितताका लागि बंगाली आयोग गठनका लागि अहिले राष्ट्रव्यापी अभियान थालेको छ । सोही अभियान अनुसार जिल्लाको भद्रपुर, बिर्तामोडपछि गौरादहमा नगर समिति गठन गरेको हो । अब जिल्लाका स्थानीय तहहरूमा समिति गठन गर्नुका जिल्ला समिति गठन गर्ने अभियानलाई तीव्रता दिएको बताइएको छ ।

Views: