d

नेपाली स्याटेलाइट अन्तरिक्षमा ८४१ दिन रहेर पृथ्वीमा खस्‍यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । अन्तरिक्षमा २ बर्ष ३ महिना पुरा गरेर नेपालको पहिलो स्याटेलाइट नेपाली अन्तरिक्षमा २ वर्ष ३ महिना पूरा गरेर नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट-१’ सोमबार पृथ्वीको वायुमण्डलमा खसेको छ ।

नेपाली स्याटेलाइट मिसनभन्दा २१ महिनाबढी अन्तरिक्षमा रहेर सोमबार पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको हो । नेपाली स्याट मिसनका प्रमुख आभास मास्केका अनुसार नेपाली स्याट-१ अन्तरिक्षबाट पृथ्वीको अर्बिटमा सोमबार अपरान्ह ४ बजेर २६ मिनेटमा प्रवेश गरेको हो । सोमबार बिहान नेपाली ‘स्याट-१’ सँगै अन्तरिक्षमा छाडिएको श्रीलंकाको राभाना१ खसेको थियो ।

स्याटेलाइटका अर्का निर्माणकर्ता हरिराम श्रेष्ठले नेपाली स्याटेलाइटले अन्तरिक्षमा रहँदा १३ हजार ४५६ फन्को लगाएको बताए । ‘नेपाली स्याटेलाइट ८४१ दिन अन्तरिक्षामा खस्यो । यसका सबै मिसन पूरा भए’ उनले भने । यसअघि नेपाली स्याटेलाइट अगस्टमा २४ मा खस्ने प्रक्षेपण गरिएको थियो ।

२०७६ साल असार २ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष ककेन्द्रबाट नेपाली-स्याट-१ सहित श्रीलंकाको राभाना-१ र जापानको इगिसु स्याटेलाइट एकसाथ पृथ्वीको तल्लो कक्ष (अर्बिट) मा छाडिएको थियो ।

बडर्स-३ मिसन अन्तर्गत यी स्याटेलाइट जापानको क्युटेक विश्वविद्यालयमा निर्माण गरेर अमेरिकाबाट २०७६ साल वैशाख ५ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ९आईएसएस०मा पठाईएको थियो । आईएसएसमा पुगेको दुई महिनापछि ३ वटा स्याटेलाइट एकैसाथ अन्तरिक्षमा छाडिएको थिए ।

Views: