d

शाहरुख खानका छोरा आर्यनले स्विकारे ड्रग्स सेवन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनले चार वर्षदेखि ड्रग्स सेवन गरेको स्विकारेका छन् ।
आर्यनलाई मुम्बइदेखि गोवा जाँदै गरेको क्रुजमा भएको ड्रग्स पार्टीमा संलग्न रहेको भन्दै आइतबार प्रहरीले गिरफ्तार गरेको थियो ।
उनलाई ड्रग्सको मामलामा लगातार सोधपुछ गरिँदै छ । भारतीय सञ्चारमाध्यमका अनुसार सोमबारको सोधपुछमा आर्यनले आफूले ड्रग्स सेवन गरेको स्विकारेका हुन् ।
प्रहरी कडाइका साथ प्रस्तुत भएपछि उनले रुँदै आफूले गएको ४ वर्षदेखि ड्रग्स सेवन गर्दै आएको कुरा स्विकारेको बताइएको हो ।
साथै उनले भारत बाहिर बेलायत, युएईलगायत धेरै देशमा जाँदा पनि ड्रग्स सेवन गरेको स्विकारेको बताइएको छ ।
आर्यन र उनीसँगै गिरफ्तार अरबाज मर्चेन्ट १५ वर्षदेखि साथी रहेको पनि खुलेको छ ।
यसअघि आर्यनले आफूमाथि लागेका सबै आरोप झूटो भएको भन्दै आएका थिए । उनले आफूलाई उक्त क्रुजमा पाहुनाका रुपमा बोलाइएको बताएका थिए ।
एनसिबी (नार्कोटिक्स कन्ट्रोल ब्युरो)का अधिकारीले उक्त क्रुजमा ३३ ग्राम कोकिन, ५ ग्राम एमडी, २१ ग्राम चरेस, २५ गोली एमडिएमए र १ लाख ३३ हजार भारू बरामद गरेको थियो ।

 

image: https://hype.my

Views: