d

महारानिझोडा बचत तथा ऋण सहकारीको २२ औ साधारणसभा सम्पन्न 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


पर्दाफास सम्बादाता 

असोज १९, मंगलबार झापा:  गौरादह ५ स्कुलचौन बजार स्थित महारानिझोडा बचत तथा ऋण सहकारी संस्था लि  २२ औ साधारणसभा मंगलवार   सम्पन्न  भएको छ।   कोरोना कहरका कारण सामाजिक दुरी कायम गर्दै करिव १ महिना सम्म चलेको साधारण सभा औपचारिक कार्यक्रमको आयोजना गर्दै  सम्पन्न भएको हो।  

आफ्नै सुबिधा सम्पन्न सभाहलमा आयोजित कार्यक्रम बिबिध गतिविधीका साथ सम्पन्न भएको बताइएको छ।  

समारोहमा संस्थाका अध्यक्ष मित्रदेव काफलेले एक वर्ष भित्र संस्थाका विभिन्न गतिविधीहरु बारे प्रकाश परेका थिए। 

अध्यक्ष काफ्लेकै सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका पुर्व कोषाध्यक्ष केशव प्रसाद पोख्रेललाई सहकारी पुरस्कार द्वारा सम्मान गरिएको छ।  स्व. देविप्रसाद काफ्ले उत्कृष्ट सहकारी पुरस्कार द्वारा पोख्रेल सम्मानित भएका हुन्।  । लामो समय देखि सहकारी अभियानमा योगदान दिंदै आएका पोख्रेललाई महारानी झोडा बचत तथा ऋण सहकारी संस्था २०५५ सालमा स्थापना हुँदा महत्वपूर्ण योगदान पुर्याएको भन्दै  सम्मान स्वरुप पुरस्कृत गरिएको जनाइएको छ।    

No description available.

त्यसैगरी संस्थाले स्व. रुद्रबहादुर कटुवालको स्मृतीमा स्थापना गरेको स्व. रुद्रबहादुर कटुवाल उत्कृष्ट पशुपालक पुरस्कार बाट संस्थाका सदस्य पुन्यप्रसाद भट्टराई लाई नगद सहित सम्मान एवं पुरस्कृत गरिएको छ । 

त्यस्तै विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई पुरस्कृत समेत गरिएको छ।   

 आफु समेत सम्मानित हुने अवसर जुरेको भन्दै प्रमुख अतिथि पोख्रेलले संस्था संचालकलाई धन्यवाद प्रदान गरे।   संस्थागत विकास र सदस्य सेवाका विविध विषयमा जानकारी गराउदै शेयरधनीहरुलाई अनौपचारिक प्रशिक्षण समेत प्रदान गरेका थिए।  

 संस्थाका संस्थापक अध्यक्ष रमेशकुमार खरेल, गौरादह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मणिन्द्र कार्कीले समेत शुभकामना मन्तब्य, तथा संस्थाका उपाध्यक्ष जगन्नाथ खनालले स्वागत मन्तब्य प्रदान गरेको कार्यक्रमको संचालन सचिव बेदु भण्डारीले संचालन गरेका थिए।  

Views: