d

सामाजिक संजाल अकस्मात बन्द भएपछी जुकरबर्गले मागे माफी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाण्डाै – फेसबुकका संस्थापक मार्क जुकरबर्गले सामाजिक सञ्जालमा आएको वाधाका लागि माफी मागेका छन् । 

फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा हिजो मंगलबार  झन्डै ६ घण्टाका लागि रोकिएको थियो जसका कारण विश्वभरका साढे ३ अर्बभन्दा धेरै मानिस प्रभावित भएका थिए ।


केही घण्टाका लागि प्रयोगकर्ताहरूले आफूलाई सामाजिक सञ्जालको माध्यमविना नै पाए । यी माध्यमबाट मानिसहरू आफन्त, साथीभाइसँग सम्पर्क रहन्छन् । 

यसबीच आफ्नो ग्राहकसँग जोडिनका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने साना व्यापारीले पनि नोक्सान बेहोर्नुपर्यो । 

यहाँसम्म कि मार्क जुकरबर्गले पनि नोक्सान बेहोर्नुपर्यो । 

बिजनेस वेबसाइट फर्च्युन्स ट्र्याकिङ सफ्टवेयरका अनुसार एक समय फेसबुकको शेयर तीव्र गतिमा ओरालो लाग्दा उनलाई ६ अर्ब अमेरिकी डलरको घाटा भयो । 

यस किसिमको अवरोधको जानकारी राख्ने वेबसाइट डाउनडिटेक्टरले फेसबुकलगायत सामाजिक सञ्जालमा अवरोध आउँदा केही घण्टामै विश्वभरका एक करोड ६ लाख उजुरी आएको थियो, यो अहिलेसम्मकै सबैभन्दा धेरै उजुरी हो । 

पछि फेसबुकले एक दोषपूर्ण कन्फिगरेशन परिवर्तनका कारण यो प्लेटफर्म अफलाइन भएको बताएको थियो । यसले वेबसाइट मात्र नभएर कम्पनीको आन्तरिक उपकरणलाई पनि प्रभावित गरेको बताइन्छ।  


 

Views: