d

कुन शेयर खरिद गर्ने?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

शेयरमा गरिने लगानीमा प्रतिफल निश्चित हुँदैन । निश्चित हुने भए सबै सेयरमा लगानी गरेर धनपति बन्ने थिए । तर लगानी गर्दा विचार पुर्याउने हाे भने घाटामा भने जानु पर्दैन । 
तपाइँले सेयर किन्न लगानी गर्नु भएकाे हाे कि जुवा खेल्नु भएकाे भनेर पहिल्याउनु पर्छ । सेयरमा लगानी गर्ने हाे भने कम्पनीकाे अबस्थालाई अध्ययन गर्नु पर्छ । अध्ययन गरेर गरिएकाे लगानीले तत्काल ठूलाे फाइदा नहाेला, तर दिर्घकालमा राम्रै फाइदा हुन्छ । 
शेयरबजार कति बेला आरालो लाग्छ र कति बेला उकालाे लाग्छ भन्ने कुनै सूत्र हुँदैन । त्यस्ताे सूत्र भएकाे भए सबैले सूत्र कण्ठ गर्ने थिए । तर, कम्पनीकाे अध्ययन गर्न केही सूत्रहरू भने पक्कै छन् । ती सूत्रलाई अध्ययन गरेर लगानी गर्ने हाे भने ठूलै कम्पनीलाई ठूलाे संकट नआएसम्म लगानी डुब्ने सम्भावन हुँदैन । 
कम्पनीकाे सेयर मूल्य मूल्य आम्दानी अनुपात (पिइ रेसियाे), खूद सम्पति, कूल सम्पति, प्रतिशेयर आम्दानी, संचित नोक्सानी, संचालन खर्च कुराहरूल प्रभाव पार्दछ्न् । अधिकांश कम्पनीलाई त्यस कुराले प्रभाव पार्दछन् । 
नेपालकाे सेयर बजार बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरू र जलविद्युत कम्पनीकाे नियन्त्रणमा छ ।यी मध्ये बैंकको हकमा खराब कर्जा, पूँजीकोष, निक्षेप कर्जा अनुपात, लागत मूल्य, आधार दर, स्प्रेड दर कुराले पनि प्रभाव पार्दछन् । 
बीमा कम्पनीहरूकाे सूचकलाई हेर्दा बचत तथा बीमा कोष,दायित्व धारण,कुल बीमा शुल्क आर्जन, कायम बीमा लेख, बाँकी दाबी भुक्तानी, महाविपत्ती जगेडा कोष जस्ता कुराहरूलाई हेर्नु पर्छ । 
यस्तै जलविद्युत कम्पनीलाई छान्दा ऋण,भावी योजना र सम्भावना, कम्पनीले उत्पादन गरिरहेकाे जलविद्युत, त्यसकाे बजारलगायतका कुराहरू हेर्नु पर्ने हुन्छ । 
यिनै मूख्यत कम्पनीहरूकाे बुक भ्यालु (कितावी मूल्य), प्रतिशेयर आम्दानी, बजार मूल्य,  कुराकाे आधारमा हामीले केही कम्पनीकाे अध्ययन गरेका छाैं । 
प्रति सेयर आम्दानी
सामान्यतः खुद आम्दानी (अवधीको नाफा)लाई कम्पनीमा कायम शेयर संख्याले भाग गरेर प्रतिशेयर आय अर्थात् अर्निङ पर शेयर (इपिएस) निकालिन्छ । जति धेरै प्रति सेयर आम्दानी हुन्छ, सेयरधनीले बाेनस सेयर र नगद लाभांश पाउने सम्भावना धेरै हुन्छ । त्यसैले कम्पनी छान्दा प्रतिशेयर आम्दानी धेरै भएकाे कम्पनी हेर्नु पर्छ । 
प्रतिशेयर खुद मूल्य (नेटवर्थ)
लगानीकर्ताको शेयरको मूल्य बढेर अहिले कति पुगेकाे छ भनेर यसले देखाउँछ । यसलाई तपाइँले गरेकाे १०० रूपैयाँ लगानी बढेर अहिले कति पुगेकाे छभनेर देखाउँछ । यसलाई अर्काे शब्दमा कितावी मूल्य ( बुक भ्यालु) पनि भनिन्छ । 
मूल्य आम्दानी अनुपात (पिई)
कम्पनीकाे प्रतिशेयर आम्दानी हेरेर हेर्दा बजारमा सेयरकाे मूल्य कति गुणा बढिमा किनबेच भइरहेकाे छ भनेर यसले छु्ट्याउन हामीलाई सघाउँछ । कम्पनीले यतिकै आम्दानी हरेक बर्ष गर्दा अहिले बजारमा किनेकाे सेयरले कति समयमा लगानी फिर्ता गर्ला भनेर पिइ रेसियाे हेरेर अनुमान लगाउन सकिन्छ । अन्तराष्ट्रिय रूपमा पिई रेसियाे १५ गुनासम्म भएकाे सेयरलाई उपयुक्त मानिन्छ । त्यसभन्दा बढि २० गुनासम्ममा सामान्य जोखिम हुन्छ भने २० भन्दा बढी पिइ भएकाे कम्पनीलाई जोखिमपूर्ण मानिन्छ । यस हिसाले हेर्दा बाणिज्य बैंकहरूकाे सेयर निकै सस्ताे लाग्छ भने लघुवित्तकाे सेयर जाेखिमपूर्ण मान्नु पर्ने हुन्छ ।
प्राइस टु बुक भ्यालु रेसियाे (पिबी)
पिबी रेसियाे भनेकाे कम्पनीकाे सेयरकाे कितावी मूल्य र सेयरकाे बजार मूल्यकाे अनुपात हाे । पिबी रेसियो ५ सम्म भएको सेयरलाई सुरक्षित मानिन्छ । कुनै कम्पनीकाे कितावी मूल्य १५० रूपैयाँ छ भने बजारमा त्याे सेयरमा ७५० रूपैयाँसम्म लगानी गर्न सकिन्छ ।


 अर्थ संसारबाट साभार गरिएको

Views: