d

गौरीगन्जमा 'दशैं कोशेली' वितरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुष्प आर. जे.


पर्दाफास, असोज २४ झापाः झापाको गौरिगञ्ज गाउँ पालिकामा ६० अती विपन्न परिवारलाई दशँै कोशेली वितरण गरिएको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय निर्देशन समिति सदस्य तथा पर्दाफास मिडिया प्रा.ली.का प्रमुख सल्लाहकार लक्ष्मी संग्रौलाको सौजन्यमा गौरिगन्ज गाउँ पालिका वडा नं. ४ स्थित अति विपन्न समुदायका ६० घर परिवारलाई चामल दाल र नुन लगायतका दशैको कोसेली स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी ४ नं. वडा समिति अध्यक्ष तेजनारायण ताजपुरियाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा आप्mना धारणा राख्दै दाता लक्ष्मी संग्रौलाले दशैँको अवसरमा आप्mनो गाउँ ठाउँमा सानो कोसेली लिएर आएको र यसलाई राहतको रुपमा नलिईदिन आग्रह गरे । आफुले व्यवसाय गर्दा कमाएको सानो अंश सामाजिक कार्यमा खर्च गर्ने गरेको ले यो पटक गौरिगन्ज वडा नं. ४ का वडावासीलाई कोसेली स्वरुप सानो सहयोग प्रदान गर्न पाउँदा गौरवान्वित महसुस भएको वताए ।  
‘चाडवाडमा  सवैको घरमा चुलो जलोस भन्ने मात्र मेरो चाहना हो, व्यापार व्यवसायबाट कमाएको सानो अंश सामाजिक कार्यमा खर्च गर्ने गरेको छु।’, संग्रौलाले भने ।
समाजमा कोही पनि उपचार अभावमा वस्न र हात मुख जोड्न बाट वन्चित हुनु नपरोस् भन्ने उद्धेश्यले आफु सामाजिक कार्यमा रहेको वताए । 
वाल्यावस्थामा नै पृत्रिवात्सल्यता गुमाउनु परको र अत्यन्तै कष्टकर जीवनयापन गर्दै पठनपाठन लाई अगाडी वढाएको स्मरण गर्दै नेता संग्रौलाले गरिवी र भोक के हो भन्ने आफुलाई वाल्यअवस्था देखिनै अनुभव रहेको स्मरण गरे । 
 “गरिवका झुपडीमा चुलो वलेन भने आफु अत्यन्तै दुखित हुने गरेको वताए ।”  
“यदी तपाँईहरु कोही पनि क्यान्सर र मृगौला पिडित हुनुहुन्छ भने मलाई एक कल फोन गर्नुहोस्, मैले सकेजति सहयोग लिएर तपाँईको घर दैलोमा आउने छु ।”, नेता  संग्रौलाले प्रतिवद्धता व्यक्त गरे । 
कार्यक्रममा आप्mना संक्षिप्त मन्तव्य राख्दै राप्रपा नेता अम्वर विष्टले जीवनमा अप्ठ्यारो परिस्तिथिति आए राष्ट्रिय प्रजातन्त्र पार्टीलाई स्मरण गर्न आग्रह गरे । 
“हाम्रो पार्टी नेपाली जनतालाई अप्ठयारो परिस्थितिमा सहयोग गर्ने हिम्मत राख्ने पार्टी हो, यदी तपाँईहरु मध्ये कसैलाई हातमुख जोड्न धौधौ परेको छ वा गम्भिर रोग लागेर उपचार गराउन नसकेर चिन्तित हुनुहुन्छ भने त्यसको लागि हामी छौँ, राप्रपाको कोही पनि साथीलाई भेटेर आप्mनो समस्या राख्नुहोस्, आवस्यक सहयोग हामी मिलाउने छौँ।’ नेता विष्टले भने । 
कार्यक्रममा संक्षिप्त धारणा राख्दै गाउँ पालिका अध्यक्ष वावुराजा श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी भनेको नै देश र जनताको रक्षा गर्न खुलेको पार्टी हो भन्दै आफुहरु जस्तो सुकै सहयोग गर्न पनि पछि नहट्ने प्रतिवद्धता व्यक्त गरे । आफु गाउँ पालिकाको अध्यक्ष वनेर १ रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै अध्यक्ष श्रेष्ठले आप्mनो नेतृत्वमा वनेको स्थानिय सरकारले जनताको दुःख सुख संग सगै विकास निर्माणमा पनि कृयाशिल रहेको वताए । 
मिडिया नेपालका केन्द्रिय सदस्य तथा पर्दाफास मिडिया नेटवर्कको प्रवन्ध निर्देशक सान नेपालले  पछिल्लो मुलुकको राजनितिक अवस्थाको वारेमा चर्चा गर्दै  कांगे्रक र कम्युनिष्टबाट देशको विकास हुन नसक्ने ठोकुवा गरे ।  उनले आगामी निर्वाचनमा वैकल्पिक शक्तिको रुपमा राप्रपा नै उदाएको ठोकुवा गरे । कांग्रेश र कम्युनिष्टले भ्रष्टाचार र व्यथिती निम्त्याएको भन्दै त्यसलाई नियन्त्रण गर्न राप्रपा मात्र सक्षम रहने जिकिर गरे । कोशेली स्वरुप खाद्यान्न लिएर आउने लक्ष्मी संग्रौलाले कोरोनाको समयमा पुर्याएको योगदानको चर्चा गर्दै दिन दुःखीको सेवामा निरन्तर लाग्ने संग्रौला प्रति आप्mनो उच्च सम्मान रहेको वताए । 
वँहा दाता मात्र होईन, सामाजिक , राजनितिक क्षेत्रमा एक कुशल नेतृत्वकर्ता समेत हुनुहुन्छ, देशले मागेको नयाँ पुस्ताका नेता मध्ये लक्ष्मी संग्रौला ज्यू समेत पर्नुहुन्छ।’, नेपालले भने । 


उत्कृष्ट व्यवस्थापन


दशैँ कोशेली लिन आउनेहरुको धैर्यता देखेर आयोजक पक्षले खुशी व्यक्त गरेको  छ।   हो- होल्ला समेत नगरी अत्यन्तै धैर्यताका साथ वसेका स्थानिय र कोशेली वितरणमा देखिएको व्यवस्थापन प्रति राप्रपाका स्थानिय कार्यकर्ताहरु लाई उच्च तहको प्रशिक्षण मिलेको देखिएको दाता संग्रौलाले वताएका छन् । 
“अहिले सम्म धेरै खाद्यान्न र राहत सामाग्री वितरण गरियो तर आजको जस्तो व्यवस्थापन मैले कही पनि देखेको थिईन ।’ , आयोजकलाई धन्यवाद दिदै दाता संग्रौलाले अनुभव शेयर गरे । 
दशैको समयमा आफुहरुको चुलो वालिदिएको भन्दै कोशेली खाद्य्यन्न प्राप्त गर्नेहरुले नेता संग्रौला, गाउँ पालिका अध्यक्ष वावुराजा श्रेष्ठ सहित राप्रपाका नेता कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । 
वितरण कार्यक्रममा राप्रपाका स्थानिय नेता कार्यकर्ताको सहितको उल्लेख्य उपस्थिति रहेको थियो । 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.
No description available.

Views: