d

 ग्वाल्डुब्बामा प्रहरी र स्थानीय विच अन्तरक्रिया सम्पन्न 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिका वडा न ७ स्थित गुवाल्डुब्बा प्रहरी चौकीले सामुहिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।  सोमबार सम्पन्न कार्यक्रममा स्थानिय व्यापारी, बुद्दिजीवी लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।  

 

No description available.

कार्यक्रममा  गौरादह ईलाका प्रहरी गौरादहमा दरबन्दी रहि सरुवा भई अाउनु भएका ग्वाल्डुब्बा चौकी प्रमुख प्रहरी सहायक निरिक्षक बिमल प्रसाद श्रेष्ठ  लाई स्वागत गर्दै सुरक्षा चुनौती बारे समेत छलफल गरिएको बताइएको छ।   

कार्यक्रममा सहभागीता जनाउदै स्थानियले चाडबाडको समयमा हुन सक्ने सुरक्षा समस्या बारे ध्यानाकर्षण गराएका थिए।  

 सहभागीहरुको तर्फबाट उठेका जिज्ञासाहरुको जवाफ दिंदै प्र स नी श्रेष्ठले शान्ति सुरक्षाको लागि कुनै पनि कसर वाकी नराख्ने वचंनबद्दता व्यक्त गरे।  
 

Views: