d

खोटाङका स्रष्टा श्रीराम राईको बाल कथा संग्रह ‘पोलेको मकै’ बजारमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

खोटाङ। खोटाङका स्रष्टा श्रीराम राईको बाल कथा संग्रह ‘पोलेको मकै’ बजारमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा स्थायी ठेगाना भएका स्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो।

१० वर्षे शिक्षण पेशा छाडेर २०७२ सालदेखि काठमाडौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बाल कथा संग्रहमा ‘बलजितको जुक्ति, मुनाको अभियान, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल नफुनून्, चरी उडून्, पारुको पढाइ’ लगायत ७ कथा समावेश छन्।
‘पोलेको मकै’मा विशेष गरी बाल मनोविज्ञानलाई केन्द्रमा राखिएको छ। बालकथा संग्रह विद्यालय तहका सवै विद्यार्थीका लागि शिक्षामुलक र उत्तिकै रमाइला लाग्ने कथाकार राईले बताए। हिमालय म्याप हाउस प्रालिले वितरणको जिम्मा लिएको ‘पोलेको मकै’को मूल्य ९९ रुपैयाँ पर्छ। सर्जक गंगा कर्माचार्य पौडेलले सम्पादन गरेको संग्रहको चित्र राजकुमार प्रजापतिले तयार पारेका हुन्।
स्रष्टा राईका यसअघि बाल कथा संग्रह ‘टोली नेता’ २०७४, ‘आजका लघुकथा संयुक्त लेखन’ २०७४ लगायतका कृति प्रकाशित भइसकेका छन् । विशेष गरी बालकथामा दख्खल राख्ने राई लघुकथा, हाइकु, मुक्तक, गीत, गजल र कवितामा पनि उत्तिकै सशक्त छन्।
रावासावा प्राज्ञिक समाज नेपालका सदस्य रहेका राई संसाक भवानी–शंकर लघुकथा सम्मान, इडन ब्रिज एकेडेमी बाल साहित्य/पत्रकारिता सम्मान लगायतबाट सम्मानित भइसकेका छन्। हाल उनी लघुकथा सौन्दर्य, इन्द्रेनी रङ, इला खिम, बालापन लगायतका फेसबुक पेजका एडमिन छन्।
राईसँग राहत शिक्षक संघर्ष समिति खोटाङको मुखपत्र ‘शैक्षिक पैरवी’ तथा अन्य साहित्यीक पत्रपत्रिका सम्पादन गरेको अनुभव छ। उनी लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङको अध्यक्ष पनि बनेका थिए।

 

Views: