d

कलिलो उमेरमा घिमिरे दम्पति माथि पर्यो यस्तो बज्रपात, गम्भिर दुर्घटनामा श्रीमान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाडौ: झापाको बिर्तामोडमा गत भदौ ६ गते मोटरसाइकल दुर्घटना भई गम्भीर घाइते भएका खेमराज घिमिरेको अवस्था सुधार हुन नसकेपछि घिमिरे परिवारमा गम्भीर तनाव थपिएको छ।  मोटरसाइकलमा सवार घिमिरे घरबाट बिर्तामोड तर्फ जाँदै  गर्दा भगवान चोकमा बसको ठक्कर बाट गम्भीर घाइते भएका थिए।  अकल्पनीय दुर्घटनामा परेका घिमिरेको प्राथमिक उपचार स्थानिय विर्ता सिटिमा  भएको थियो भने थप उपचारको लागि केहि दिन बि.एन.सी. अस्पताल बिर्तामोडमा समेत राखिएको थियो।  

 

No description available.

 

मेरुदण्डमा गम्भीर असर परेका घिमिरेको उपचार बिर्तामोडको बि.एन.सी  सम्भव नभएपछि ललितपुरको भैंसेपाटी स्थित मेडी सिटी अस्पतालमा  पुर्याएको थियो। सोहि अस्पताल बाट  D5 -D6 brust fracture with cord contusion with paraplegia, Type II Orthodontic Fracture, Left Hemothorax, left clavicle fracture, and left Bronchial Plexus भएको थापा पाए पछि  घिमिरे परिवारमा गम्भीर चिन्ता थपिएको छ।

 

 

No description available.

 

 

मुख्य उपचार  मेडी सिटीमा गराइएको र  थेरापी प्रबिधिबाट थप उपचार  स्पाइनल इन्जुरी रिहाब सेन्टर साँगामा भइरहेको घिमिरेकी श्रीमती ममता दाहाल घिमिरेको भनाइ छ।  

श्रीमानको उपचारको लागि चिन्तित बनेकी ममता भने  नेपालमा उपचार होला भन्ने कुरामा विश्वस्त रहन सकेकी छैनन्।

 

No description available.

 

 

 'श्रीमानको अवस्था गम्भीर छ, नेपालमा पर्याप्त टेक्नोलोजीको अभाव रहेकोले ठुलै अस्पतालमा पुर्याउन पाए श्रीमानले जीवनदान पाउनु हुने थियो।'

 

अध्ययनको शिलशिलामा अमेरिका स्थित लुजियानामा बिगत साढे ४ वर्ष देखी बसोबास गर्दै आएकी उनले श्रीमानको उपचार अमेरिकामा लगेर गर्ने तयारीमा रहेको बताएकी छिन्।

 

No description available.

 

'सायद म अमेरिका नपुगेकी भए श्रीमानलाई अमेरिका लगेर उपचार गर्ने सामर्थ्यनै आउने थिएन होला। ', श्रीमानको उपचारमा जस्तो सुकै अवस्था आएपनि सामना गर्ने बताउदै ममताले भनिन्।  

 

अमेरिकामा लगेर उपचार गर्न भिसा एप्लाई गर्न अमेरिकन एम्बेसी पुगेकी ममतालाई त्यो बेला ठुलै झड्का लाग्यो जव एम्बेसीले करिब १ लाख डलरको बैंक ग्यारेन्टी माग्यो।  

 

No description available.

 

बिद्यार्थी भिषामा अमेरिका बस्दै आएकी ममतालाई एम्बेसीको उक्त भनाइले थप चिन्ता  थपिदिएको छ।  

 

श्रीमानको उपचारको लागी आर्थिक सहायताको लागि उनले एन.आर.एन. नेपाल मार्फत सहायोगको अपिल गरेकी छिन्।  गो फन्ड मार्फत सहयोग राशी संकलनको पहल थालिएकोमा हाल सम्म करिब १५ हजार डलर जुटेको बताइन्छ।  करिब १ लाख डलर भए मात्र अमेरिकामा लगेर खेमराजको उपचार गर्न सम्भव भएकोले अहिले घिमिरे परिवार गम्भीर आर्थिक समस्यामा परेको पाइएको छ।  

 

 

अमेरिकामा अध्ययनकै क्रममा रहेकी ममता आफ्ना श्रीमान् घाइते भएको खबर पाएपछि  तत्काल छोटो बिदामामा नेपाल फर्किएर श्रीमानको उपचारमा संघर्षरत छिन्।   श्रीमानको यो अवस्थाले उनको अन्तिम शेमेस्टरको पढाइमा समेत गम्भीर प्रभाव परेको छ ।  एकातिर श्रीमानको यो अवस्था र अर्को तिर पढाइको चिन्तामा रहेकी ममता श्रीमानलाई यस्तो अवस्थामा छोडेर अमेरिका फर्किने समार्थ्यमा समेत छैनन्।  

'श्रीमानलाई गम्भीर हालतमा एक्लै छोडेर अमेरिका जाने सामर्थ्य म संग छैन। ', जसरी भएपनि खर्च जुटाएर आफु संगै श्रीमानलाई अमेरिका लिएर जाने विचार व्यक्त गर्दै ममताले भनिन्।  

'परिवार र आफन्तजन बाट यथेस्ट सहयोग छ तर पनि श्रीमानको इच्छा पनि  आफुलाई छोडेर नगैदिए हुने थियो भन्ने छ। ', 
। 
'ठुलो धनराशी लाग्ने भयो, मैले साहस र धैर्यता भने गुमाएकी छैन।' आत्मविश्वास प्रकट गरिन्।  

गम्भीर दुर्घटनामा परि घाइते भएका श्रीमानको उपचार अमेरिका जस्तो अतिनै महँगो ठाउमा पुर्याएर गराउने अठोट लिने सहासिक नारी हुन् ममता घिमिरे।  हिम्मतिली नारी ममतालाई देश विदेशमा रहनु हुने नेपाली दाजु भाइ दिदि बहिनि र मनका धनी विदेशी नागरिकले समेत  बलियो साथ दिनु दिनुहुन्छ भन्ने अपेक्षाकृत छ घिमिरे परिवार ।

 

https://gofund.me/9535d9e2 (गोफन्ड बाट सहयोग गर्न चाहनेहरुले कृपया यो लिंकमा क्लिक गर्नु होला)

सहयोग गर्न चाहने दाता महानुभावले ममतालाई तलको ठेगानामा सम्पर्क गर्न सक्नुहुने छ: 

 

No description available.
 

Views: