d

किसानको १० देखि १५ अर्ब रुपैयाँ क्षति

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीले धान बालीमा १० देखि १५ अर्ब रुपियाँको क्षति पुगेको अनुमान गरेको छ। यद्यपि यकिन तथ्याङ्क आउन बाँकी छ। यत्तिको क्षतिको क्षतिपूर्ति कसले र कसरी गर्ने भन्ने यकिन छैन। क्षतिपूर्तिको एउटा साधन बाली बीमा भए पनि किसानले त्यो क्षतिपूर्ति पाउने सम्भावना नै छैन ।

कृषि बीमाप्रति किसानले चासो नलिएको देखिएको छ। किसानलाई बुझाउने प्रयास पनि कसैले गरेको छैन। त्यसमा पनि धानको त बीमा हुन्छ हुँदैन भन्ने अलग तथ्याङ्क नै छैन। सरकारले कृषि बाली तथा पशुपन्छीको बीमा गर्न अनुदान दिँदै आएको छ तर सबभन्दा कम धान बालीको बीमा भएको कृषि मन्त्रालयले जनाएको छ। कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले कृषिअन्तर्गत किसानले सबभन्दा बढी पशुपन्छीको बीमा गराएको तथ्याङ्कले देखाएको छ। कृषि बालीतर्फ तरकारी र फलफूलमा बीमा गराए पनि सबभन्दा कम धानमा बीमा गराएको बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

Views: