d

मेची नगरको स्मार्ट कृषि फार्ममा बाढी पस्दा ३० लाख  वरावरको क्षती

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास कार्तिक ४ झापाः अविरल रुपमा भएको वर्षा संगै आएको मेची खोलाको बाढीले मेचीनगर स्थित स्मार्ट कृषि फार्मको धान, तरकारी तथा फलफूल खेतीमा ठूलो क्षति पुर्याएको छ । हावाहुरीले व्यावसायिक रुपमा खेती गर्दै आएका किसानलाई ठूलो क्षति पुगेको स्मार्ट कृषि फार्मका संचालक अगुवा कृषक  हरि नेपालले बताएका छन्।  

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

No description available.

 

कृषक नेपालका अनुसार,  हावाहुरी सँगै आएको अविरल वर्षाले पाक्न लागेको १० बिघाको धान पूर्ण रुपमा क्षती पुर्याएको छ।   उत्पदान दिन थालेको करिब ३ बिघाको लहरे बाली सबै सखाप भएको छ भने करिब ५ बिघाको क्याप्सिकम खेति भएको ठाउँ पोखरीमा परिणत भएको छ।  यसैगरी, फार्ममा लगाइएको करिब डेड बिघाको टमाटर, १० कठ्ठाको अकबरे खोर्सानी र अन्य नगदे बाली नष्ट हुँदा झन्डै ३० लाख बराबरको क्षति पुगेको संचालक नेपालको भनाइ छ।   

 

No description available.


फार्ममा टमाटर, क्याप्सिकम, लौका, करेला, घिरौला र बोडी उत्पादन हुन थालेको मात्र थियो, लह लह परेको धान खेति सांचिकै लोभ लाग्दो थियो, सबै सखाप भएको छ।', नेपालले

 

No description available.पर्दाफास संग कुरा गर्दै चिन्ता व्यक्त गरे । सभ्वन्धित निकायको ध्यानाकर्षण होस् भन्ने आशा राख्दै  उनले अर्काको देशमा श्रम गर्नु भन्दा आप्mनै देशको उर्वर भुमीमा मोती फलाउने र धेरै युवाहरुलाई रोजगारी समेत प्रदान गर्ने उद्देश्यले सन्चालनमा ल्याईएको स्मार्ट कृषि फार्ममा प्राकृतिक विपत्ति निम्तिदा सपना सवै चकनाचुर भएको वताए । विदेश बाट आयातित सव्जीले नेपालको बजार ओगटेको दृश्यले समेत हामी ६ जना युवाहरु कम्मर कसेर कृषि पेशामा लागेका थियौँ तर एकै रातको वाढीले सवै योजना र लगानी सखाप भएको छ, राज्यले नहेरे हामीलाई कसले हेर्ने ?, उनको प्र्रश्न छ ।

 

No description available.

 

कार्तिक महिनामा आएको अकस्मातको वाढीले धेरै किसानहरुको वाली नाली सखाप पारेको छ, यसमा राज्ले इमान्दार भएर किसानलाई उचित क्षतीपुर्ती प्रदान गर्नु पर्नेमा आम किसानहरु आशावादी रहेको अवस्थामा कृषकको हितमा राज्यले कस्तो निति अख्तियार गर्ला त्यो भने हेर्न बाकी नै रहेको छ ।

 

 

Views: