d

प्रदेश १: पाँच पत्रकार सङ्गठनले गरे सञ्चार प्रतिष्ठान संचालक समिति नियुक्तीको विरोध

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बिराटनगर: प्रदेश १ सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय द्वारा प्रादेशिक सञ्चार प्रतिष्ठान संचालक समितिमा गरिएको नियुक्ती प्रति पत्रकार संगठनहरुले आपत्ति प्रकट गरेका छन्।  प्रेस सेन्टर नेपाल, नेपाल प्रेस युनियन, समाजबादी प्रेस संगठन र प्रेस मन्च नेपालका प्रदेश १ समिति द्वारा संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले गरेको नियुक्तीको विरोध गरिएको हो।   विश्वासको मतनै प्राप्त गर्न नसकी सान्दर्भिकतामै प्रश्न उठिरहेको सरकारले हतार हतार गरिरहेको नियुक्तीले पत्रकारिता क्षेत्रमा गलत नजिर स्थापित गरेको तथा प्रादेशिक संचार प्रतिष्ठानको गरिमालाई नै ध्वस्त बनाउने कार्य भएको भन्दै आपत्ती प्रकट गरिएको छ ।  

'प्रतिष्ठान जस्तो समग्र पत्रकारिताको विकासको लागि स्थापित साझा निकायमा विधि, पद्दती र मापदण्ड विपरित एकलौटी ढंगले भईरहेको यस्तो नियुक्तीले पत्रकारिता जगतमा गलत संस्कृती स्थापित हुने हाम्रो निष्कर्ष छ।' विज्ञप्तीमा भनिएको छ।  

No description available.

Views: