d

सोलुखुम्बुको मेरा पिकमा फसेका नौ जनाको उद्धार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सोलुखुम्बु – सोलुखुम्बुको मेरा पिक क्षेत्रमा फसेका नाै जनालाई उद्धार गरिएको छ । मौसम प्रतिकूल बन्दा मेरा पिक आरोहण गरेर फर्किने क्रममा गएकाे मङ्गलवार दिउँसोदेखि दुई विदेशी पर्यटकसहित १० जना फसेकामा अहिलेसम्म नाै जनालाई उद्धार गरिएको छ।  

मेरा पिकमा फसेका बेलायती नागरिक स्टु सियन, सोलुखुम्बुको महाकुलुङ ३ का पासाङ छिरिङ शेर्पा र पासाङ शेर्पालाई हिजाे बुधवार पाँच हजार सात मिटर अग्लो मेरला ओडारबाट उद्धार गरिएको खबर प्राप्त भएको हो ।

नुरु शेर्पाको संयोजकत्वमा गएको सात जनाको क्लाइबिङ टोलीले आज बिहीवार बिहान हाई क्याम्पबाट चार जना र पाँच हजार तीन सय मिटरको उचाइमा रहेको बेस क्याम्पबाट दुई जना आरोहीलाई उद्धार गररेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मेरलाको ओडारमा चार जना रहेको बताइएको भए पनि सोलुदूधकुण्ड नगरपालिका २ का छेतेन शेर्पा भने अझैसम्म सम्पर्कमा आउन नसकेको  सोलुखुम्बुका प्रहरीले जनाएको छ।  

प्राप्त जानकारी अनुसार सिम्रिक एअरको हेलिकप्टरले सम्भावित क्षेत्रमा खोजी गर्दासमेत पत्ता लागेको छैन । शेर्पाको खोजीमा अहिले पनि सात जना क्लाइबिङ गाइडको टोली त्यस क्षेत्रमा रहेका छन् । आज उद्धार गरिएकामध्ये चार जनालाई लुक्ला र पाँच जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ ।

उनीहरू एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चरमार्फत मेरा पिक आरोहणका लागि असोज २२ गते काठमाण्डौबाट पुगेका ट्रेकिङ कम्पनीले जनाएको छ । उनीहरू विश्व कीर्तिमानका लागि असोज ३० गते चुचुरोमा पुगेर फर्कने क्रममा मौसम प्रतिकूल हुँदा अलपत्र परेका थिए ।  

उज्यालोको सहयोगमा

symbolic image from file 

Views: